काठमाडौं । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । तीतो कतिपयलाई मन नपर्न पनि सक्छ तर करेला तीतो भए पनि महत्त्वपूर्ण औषधि सरह नै भूमिका निर्बाह गर्छ । तीते करेला स्वास्थ्यका लागि निक्कै फाइदाजनक हुन्छ। नियमित करेला सेवन गर्नाले हाम्रो शरीरमा देखिने विभिन्न खालका समस्याबाट हामी बच्न सक्छौ।
करेला सेवनका फाइदाहरु :
बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ । करेलाले पाचन शक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
करेला खाने गर्नाले रगत सफा गर्ने मात्र नभएर हेमोग्लोबिनको मात्रा पनि बढाउन मदत गर्छ ।
दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
