कामबाट फुर्सद नहुँदा र वातावरण प्रदूषणका कारण हाम्रो केशमा धेरै समस्या देखिने गर्छ । के यसले गर्दा तपाईँको कपाल नबढ्ने समस्या देखिएको छ ? तपाईँ केश बढाउने सबै प्रक्रियामा असफल हुनुभयो ? यदि यस्तो समस्या झेलिरहनु भएको छ भने तपाईँलाई हामी केही उपाय सिकाउँछौं । हामी तपाईँहरूलाई त्यस्ता भिटामिनबारे बताउँछौँ, जसले तपार्इँको केशको समस्या समाधान हुन्छ।
मानिसका सम्पूर्ण कोषलाई भिटामिन आवश्यक हुन्छ । भिटामिन केशलाई पनि आवश्यक पर्ने नै भयो । केही यस्ता भिटामिनहरू छन्, जसले केश बढाउने मात्र होइन, सम्पूर्ण समस्याबाट छुट्कारासमेत दिन्छन्।
भिटामिन ए : यदि केश कडा खालको तथा जरर्र परेको छ भने तपाईँको केशलाई भिटामिन एको कमी भएको हुन सक्छ । तपाईँ केशलाई चिल्लो र चम्किलो बनाउन चाहनुहुन्छ भने फलफूल, सुन्तला, ब्रोकाउली, अन्डा, सागसब्जी, पहेँला फल तथा दूध सेवनबाट सहयोग पुग्छ। भिटामिन एले केशमा चिल्लोपना बढाउन सहयोग पुर्याउँछ।
भिटामिन बी : स्वस्थ केश उत्पादनका लागि भिटामिन बी निकै जरुरी छ । यसको कमी हुनासाथ केश झर्न थाल्छ । बाल्यकालमा भिटामिन बी १२ को कमी हुँदा समयभन्दा पहिले नै कपाल सेतो हुन थाल्छ । भिटामिन बीको कमी हुन नदिन मासु, अन्डा, दूध आदि खानुपर्छ ।
भिटामिन सी : पालुङ्गो, गोलभेंडा, आलु, सुन्तला, काउली, ब्रोकाउली आदिमा पनि भिटामिन सी पाइन्छ। यो प्रोटिन कोलेजन हेयर शाफ्टमा हुन्छ, जसले केश बढ्न मद्दत गर्छ । एन्टी आक्सीडेट्सबाट पूर्ण भिटामिन सीले फ्री रेडिकल्सद्वारा शरीरलाई खराब हुनबाट बचाउँछ।
भिटामिन डी : अध्ययनकर्ताहरूको सल्लाह छ, भिटामिन डीको कमीले केश झर्न थाल्छ। भिटामिन डी इम्यून रेगुलेटरका लागि एकदमै आवश्यक हुन्छ। घामबाट पनि भिटामिन डी पाइन्छ।
भिटामिन ई : यो निकै चलेको र धेरै कस्मेटिकहरूमा पनि प्रयोग गरिन्छ। यसले घामबाट गर्दा कपाललाई खराब हुन दिँदैन र जोगाउँछ। यूवी रेजबाट कपाललाई बचाउँछ । यो पनि ब्रोकाउली तथा बदाममा पाइन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
