हत्केलामा धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

गर्मीको बेला हत्केलामा हलका पसिना आउँनु सामान्य हो। तर, कतिपय मानिसको हत्केलामा धेरै ने पसिना आउने गरेको पाइन्छ। जसकारण विभिन्न काममा उल्झन पैदा समेत गर्छ। यस समस्याबाट हैरान हुनुहुन्छ भने यी घरेलु उपाय अपनाउनुहोस्।

१. काचो आलु
हत्केलामा पसिना आउने समस्या कम गर्न काचो आलुले सहयोग गर्छ। आलुलाई टुक्रा टुक्रा पार्नुहोस् र हातमा दल्नुहोस्। यसो गर्नाले हातमा पसिना आउन कम हुन्छ।

Advertisement

२. बेकिङ सोडा
यदी तपाई हातमा आउने पसिनाबाट घण्टौसम्म छुट्कारा पाउन खोज्नु भएको छ तातो पानीमा बेकिङ सोडा मिलाउनुहोस्। त्यसपछि त्यस पानीमा हात डुबाएर राख्नुहोस्। यसो गर्नाले पसिना घण्टौ सम्म आउँदैन।

३. टलकम पाउडर
यदी तपाईको हातमा पसिना आइरहने समस्या छ भने टलकम पाउण्डर लगाउनुहोस्। यसले तपाईको हातमा आएको पसिना सोस्ने काम गर्छ। जसका कारण तपाईको हातमा पसिनाले समस्या दिनेछैन। यो पाउडर तपाईले सजिलै बोक्न पनि सक्नुहुन्छ।

४. तेज पत्ता
तेज पत्ताको प्रयोग गर्न पनि सकिन्छ। यसलाई पानीमा उमाल्नुहोस् । राम्रोसँग पानीमा उम्लिएपछि यसलाई हातमा लगानुहोस् । यसले तपाईलाई आराम दिनेछ।

More News last news
Loading...