एजेन्सी । गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन किराले पनि दुध दिन्छ भन्दा अचम्म लाग्छ । तर यो सत्य हो, एक विशेष प्रजातिको किराले दिने दूध गाईको दूध भन्दा पनि फाइदा जनक हुन्छ।
किराको प्रजातिमध्ये एउटा यस्तो प्रजाति हो, साङ्ला । जसले दूध दिन्छ । अण्डा नपार्ने यो साङ्लाले बच्चा जन्माउने गर्छ । र, यो साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ।
विभिन्न देशका मानिसहरुले साङ्ला खाने गर्दछ र भविष्यमा साङ्लाको दूधले पनि बजार लिने संकेत देखिएको छ। अध्ययन को क्रममा गाईको दूधमा भन्दा यो प्रजातिको साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइएको थियो।
यस विषयमा अनुसन्धान गरेका भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच भएको बताएका छन्।
यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्छन् र स्वस्थ पनि हुन्छन्। त्यसको मुख्य कारण साङ्लाको दूध नै हो। अन्य जनावरको दूधको तुलनामा साङ्लाको दूधमा निकै धेरै पौष्टिक तत्व हुने गरेको पाईएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
