यो प्राय: केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने, ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ।
टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ। टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो। यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ। यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ।
कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ। मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ। कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन्। जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ।
यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा खानेकुरा निल्न सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ। यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ। साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कोन पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएका मुटु सुनीने पनि हुन सक्छ।
जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ।
लक्षणहरु
सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुन्छ
भोक नलाग्ने र अल्छि लाग्न सक्छ
बिस्तारै ज्वरो आउन थाल्छ
टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
त्यसपछि पनि निक्लिन थाल्छ
पिप बग्ने वा सुजन हुनछ
लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र
टन्सिलको उपचार कसरी गर्ने ?
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ। ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ। टन्सिल भएपछि बच्चाहरुको कान पाक्न सक्छ। घाँटिबाट संक्रमण कानको नलीमा सर्न सक्छ। रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र शरीर सुन्निने गर्छ। यो रगतको जाँच गरेपछि थाहा हुन्छ।
टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ। बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ। नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस) अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ। यसमा दोहोरी–दोहोरी घाँटी दुख्ने, घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने गर्छ। परीक्षण गर्दा टन्सिलहरु आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र बढी रातो देखिन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
