एजेन्सी । जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन् । चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ। त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ।
त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन्। स्याम्फू परिवर्तन गर्छन्। तर पनि समस्याबाट मुक्ति भने पाएका हुँदैनन् । त्यसका लागि घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ।
घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउने मात्र होइन यसले सौन्दर्य बढाउन पनि मद्दत गर्छ। अझ यसको प्रयोगले कपालमा हुने हरेक समस्याको समाधानका लागि लाभदायी भूमिका निर्वाह गर्छ।
१. यदि तपाई कपालमा आएको चायाँबाट पीडित हुनुहुन्छ भने घ्यूमा बदामको तेल मिसाएर मसाज गर्नुपर्छ । जसले टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्छ।
२. कपालमा पोषणको कमीले कपालमा हाँगा फाट्ने समस्या भइरहेको छ भने घ्यूले मसाज गर्नुस् केहि समयमा हाँगा हराउँदै जान्छ।
३. कपाल लामो बनाउन चाहानुहुन्छ भने अमला र प्याँजको रस मिसाएर १५ दिनमा १ एक पटक मसाज गर्नुस् कपाल लामो र चम्किलो हुँदै जान्छ।
४. कपाललाई मुलायम बनाउनको लागि जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नुपर्छ।
५. कपालमा प्राकृतिक चमकको लागि घ्यूलाई हल्का तताएर १० मिनेट मसाज गर्नुस् र कागतीको रस लगाएर छाड्नुस् र १० मिनेटपछि धुनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
