सामान्यतया मानिसहरु स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुने सोच्छन्। तर स्तन क्यान्सर महिलालाई बढी हुने भएपनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा हुने गर्छ। पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ। सामान्यतया उमेर धेरै भएका व्यक्तिहरुलाई यसको बढी खतरा हुन्छ। पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ ।पुरुषमा सबैभन्दा धेरै डक्टल कर्सीनोमा ट्युमर हुने गर्छ। पुरुषका केही कुराहरुले स्तन क्यान्सरको खतरालाई बढाउँछ। ब्रेस्ट क्यान्सरबाट बच्न पुरुषले सावधानी अपनाउन जरुरी छ। कलेजोको बिरामी भएका पुरुषलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ। जुन पुरुषमा बिआरसिए जीन वा क्लिन सेल्टर सिन्ड्रोम हुन्छ उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अत्यन्त उच्च हुन्छ। यो बाहेक फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरे स्तन क्यान्सर हुन सक्छ।
१. रेडियसनको सम्पर्कमा आउँदा: कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ। यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्छ। यदि तपाईले कुनै रोगको उपचार गर्दा रेडियसन थेरापीको सहारा लिनुभएको छ भने भविष्यमा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ।
२. उमेर: उमेर बढ्दै जाँदा पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने खतरा रहन्छ। सामान्यतया ४० देखि ६० वर्षसम्म पुरुषमा क्यान्सरको धेरै खतरा हुन्छ । यसका कारण उमेरको यो समयमा आइपुग्दा खानपान, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ । यसका साथै आफ्नो तौल, ब्लड प्रेसर, ब्लड सुगर र कोलेस्ट्रोल कन्ट्रोल राख्नु पर्छ।
३. मोटोपन : मोटोपन धेरै रोगहरुको कारण बनेको हुन्छ। पुरुषमा मोटोपनका कारण स्तन क्यान्सरको समेत सम्भावना रहन्छ। मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ। यो बाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने ब्रेस्ट क्यान्सरको प्रमुख कारण हो।
४. मद्यपान तथा धुमपान: अल्कोहल सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । यो बाहेक धुमपान गर्ने पुरुषलाई १०० भन्दा धेरै रोगहरुको कारण बन्न सक्छ। स्तन क्यान्सरबाट बच्न धुमपान तथा मद्यपानको प्रयोगलाई शुन्य बनाउनु पर्छ ।स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन्छ। स्तनको आकारमा परिवर्तन आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
