काठमाडौं । विभिन्न अनुसन्धान अनुसार घन्टौँ फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नेलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या देखा पर्छन्।
एयरफोनका कारण कानमा हुने समस्याको सुरुको लक्षण भनेको कान बज्नु वा केही छिन आवाज मसिनो नसुनिनु आदि हुन्। यो समस्या बढ्दै गएपछि केही नसुनिने, काँ बेला-बेलामा बजिराख्ने, कम सुन्ने आदि समस्या आउँछन्।
त्यस्तै एयरफोनको प्रयोगले विभिन्न किटाणु समेत शरीरमा पस्न सक्छन्। एयरफोन सधैभरि सफा नहुनु, एयरफोन साटासाट गर्नु, पाइन्टको गोजीमा राख्दा पसिना आउनु आदिले गर्दा किटाणु निम्तिन्छन्।
एयरफोनमा चर्को आवाजमा गीत लगाएर सुन्ने मानिसहरुमा विस्तारै टाउको दुख्ने समस्या, छिटो रिसाउने र पछि उच्च रक्तचापको पनि जोखिम हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
