खोकी, ज्वरो, घाँटी दुख्ने जस्ता समस्याबाट छुटकारा पाउन सेवन गर्नुहोस् सख्खर

उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ, सखर हो। सख्खरका विभिन्न फाइदाहरु छन्। कफ र खोकीको समस्या, ज्वरो जस्ता समस्या देखिएमा सख्खरको सेवन निकै लाभदायिक हुन्छ। आज हामी तपाईलाई सखरका विभिन्न फाइदाका बारेमा जानकारी दिदै छौँ।

यस्ता छन् सख्खरका फाइदा

Advertisement

कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानी सँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।

कफ र खोकी लागेको रोगमा
१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ।

हात्ती पाइले रोगमा
गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ।

ज्वरो आएमा
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ।

खोकी र दममा
सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १\१ चम्चा बिहान\बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ। औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ।

पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ।

घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।

शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ।

मलेरिया ज्वरो आएमा
भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १/१ गोली २/२ घण्टामा खाने गरेमा ठीक हुन्छ।

काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ।

औलोको ज्वरो आएमा
दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ।

More News last news
Loading...