आजको जमानामा जो कोही पनि राम्रो र अरु भन्दा सुन्दर देखिन चाहन्छन् । चाहे त्यो केटा हो वा केटी । मानिसको अनुहार र बाहिरी सुन्दरता तब राम्रो देखिन्छ, जब उसको छाला दागरहित, सुन्दर कपाल, गुलाबी ओठ हुन्छ । मानिसको सुन्दरता बढाउनका लागि ओठको योगदान महत्वपूर्ण रहेको हुन्छ । फुटेको र कालो ओठले जस्तोसुकै राम्रो मान्छे भएपनि उसको सुन्दरतामा खोट देखिने गर्दछ तर गुलाबी र राम्रो ओठ छ भने त्यसले मान्छेको सुन्दरतालाई निखार्न मद्दत गर्दछ ।
सबैभन्दा पहिले मान्छेहरुको ओठ किन कालो हुन्छ भन्ने जान्न जरुरी छ । कहिलेकाहीँ घामको किरणको सिधा सम्पर्कबाट, कयौँ प्रकारका एलर्जी हुनाले, गुणस्तरहीन कस्मेटिक सामानको प्रयोगबाट, धुम्रपानको सेवनबाट लगायतका कारणबाट हाम्रो ओठ कालो हुने गर्दछ । कहिलेकाहीँ यो हर्मोनल असन्तुलनका कारण पनि हुने गर्दछ ।
यस्ता ओठ कालो हुने समस्या समाधानका लागि बजारमा कर्यौ उपाय रहेका छन् तर यि सबैले फाइदा मात्र गर्छन भन्ने छैन । कुनैले मानिसलाई साइट इफेक्ट गर्न पनि सक्छ । तर यस्ता घरेलु उपाय पनि छन् जसले सहजै ओठको कालोपन पनि हटाउने गर्दछ र यसले कुनै नराम्रो असर पनि गर्देन । ती उपाय यस्ता रहेका छन् :
जैतुनको तेलः जैतुनको तेलमा भ्यासलिन मिलाएर लगाउदा ओठ मुलायम र गुलाबी देखिन्छ ।
दुुधको ताजा तर वा छालीः ओठको कालोपन हटाउनका लागि यो सबैभन्दा उत्तम तरिका हो । राती सुत्नुअघि दुधको तर ओठमा लगाउदा ओठको रुखोपन हटी गुलाबी ओठ पाउन सकिन्छ ।
चिनीः चिनीमा केही मात्रामा घिउ मिलाएर हप्तामा एकपटक लगाउदा कोमल र मुलायम ओठ पाउन सक्नुहुनेछ ।
अनारः ओठलाई पोषित र मोइस्चराइज गर्नका लागि अनारलाई उत्तम उपाय मानिन्छ । अनारको दानालाई पिसेर त्यसमा केही मात्रामा दुध र गुलाब जल मिसाएर ओठमा लगाउदा छिट्टै सकारात्मक असर पाइन्छ ।
चुकन्दरः चुकन्दरमा प्राकृतिक ब्लीचिंग हुने गर्दछ । त्यसैले चुकन्दरको रस रातको समयमा ओठमा लगाएर बिहान सफा पानीले धुदाँ नरम र गुलाबी ओठ पाउनुहुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
