जिब्रो फोहोर हुँदा पनि गनाउँछ सास, यसरी गर्नुहोस् जिब्रोको सफाई

मुखको सफाई भन्नासाथै दाँत र गिजाको सफाई होला भन्ने धेरैको बुझाइ छ। तर, मुखको सफाई त्यतिमा मात्रै सिमित छैन। मुखमै रहेको जिब्रोको सफाई पनि यसै अन्तर्गत पर्छ। यसकारण मुखको सफाई गर्दा जिब्रोको सफाई गर्न भुल्नु हुँदैन। जिब्रोको सफाई नगर्दा सासबाट निस्कने दुर्गन्ध यसैमा जम्ने गर्छ। जिब्रोमा जमेको सो दुर्गन्ध हटाउन पनि दैनिक रुपमा जिब्रो सफा गर्न आवश्यक छ। चिकित्सकहरुले जिब्रो सफा गर्दा निम्न शैली अपनाउन सुझाव दिएका छन्।

तातो पानी र नुन
जिब्रोमा फोहोर जमेका कारण कतिपय अवस्थामा डिहाइड्रेसनको समस्या पनि हुन सक्छ। यदि तातो पानी र नुनले जिब्रोको नियमित सफाई गर्ने हो भने यो समस्या नआउन सक्छ। आधा गिलास पानीमा आधा चम्चा नुन राखेर दिनमा ५-६ पटक कुल्ला गर्ने हो भने सफा हुन्छ। यो कार्य खाना खाएपछि गर्न चिकित्सकहरुको सुझाव छ।

Advertisement

दही सेवन
दहीमा प्रो–बायोटिक तत्व हुन्छ। जसले जिब्रोमा जम्ने फोहोर, सेतो पत्र र दुर्गन्धलाई नष्ट गरिदिन्छ।

टुथब्रस
दाँत माझ्ने ब्रसले पनि जिब्रो सफ ागर्न सकिन्छ। बजारमा पाइने कतिपय ब्रसमा जिब्रो सफा गर्ने भाग पनि हुन्छ। ब्रसको पछिल्लो भागमा भएको सो भागले जिब्रोलाई हल्कासँग सफागर्न सकिन्छ।

नुन

जिब्रोमा हल्लकासँग नुन छर्केर ब्रशको सहायताले केही मिनेट रगड्दा पनि जिब्रो सफा हुन्छ। यसरी रगडेर मनतातो पानीले कुल्ला गर्ने हो भने पनि जिब्रो सफा हुन्छ।

बेसार
हुन त बेसार खानामा प्रयोग गर्ने चलन छ। तर यसको प्रयोग जिब्रो सफा गर्दा पनि प्रयोग गर्न सकिन्छ। बेसारमा कागतीको रस मिसाएर जिब्रोमा लगाउने र मनतातो पानीले कुल्ला गर्ने हो भने केही समयमै जिब्रो सफा हुन्छ।

माउथवाश
जिब्रो सफा गर्ने समान बजारमा पनि पाइन्छ । बजारमा पाइने माउथवाशले पनि मुख र जिब्रोको सफाई गर्न सकिन्छ। नियमित रुपमा माउथवाशको प्रयोग गरे जिब्रो सफा हुन्छ र विभिन्न रोगहरुबाट बच्न सकिन्छ। एजेन्सी

More News last news
Loading...