एजेन्सी । पौराणीक चलनबाटै आएको कुरा पनि सुन्नुभएकै होला । बुढापाकाहरुले दूध पिएको बेला यस्ता कुरा खानु हुँदैन है भनेको ।
त्यो बेवास्ता गरेमा तपाई जो कोही पुग्नुहुनेछ मृत्युकै मुखमा । किनकी त्यही कुरा स्वास्थ्य विज्ञानले पनि प्रमाणित गरिसकेको छ । मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ ।
नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पुर्याउँछ । सुन्तला, कागती लगायत अमिला फलसँग दूध खानुहुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । दूध र दही एकै किसिमका दुग्धजन्य पदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नुहुँदैन ।
सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन ।
यसले छालामा समस्या सिर्जना गर्छ । यो जीवन उपयोगी टिप्स आफुले पढिसकेपछि अरुका लागि सेयर गर्न नभुल्नुहोला ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
