एजेन्सी । कहिलेकाही खराब हालतका कारण डिप्रेशन बढ्ने गर्दछ। लामो समयसम्म डिप्रेशनमा रहदा हाम्रो आत्मविश्वास हराउने गर्दछ। त्यसैले छिटोभन्दा छिटो डिप्रेशनबाट बाहिर निस्किनु पर्दछ। डिप्रेशनबाट बाहिर निस्किनका लागि तल उल्लेख गरिएका ३ कुरामा ध्यान दिनुहोस्।
१) अध्ययनबाट पुष्टी भएको छ की सोशल मिडियाबाट डिप्रेशन बढ्न सक्दछ। जब हामी उदासमा हुने गर्दछौँ, तब दोस्रो व्यक्तिलाई मोजमस्ती गरेको, खुसी भएको देख्छौँ, यसले डिप्रेशन बढाउने गर्दछ। त्यसैले यस्तो अवस्थामा सोशल मिडियाबाट केही समय टाढै रहनुहोस्।
२) उदासीमा जिम्मेवारीबाट बच्नेको प्रवृत्ति हुने गर्दछ। यस्तो नगर्नुहोस्। जिम्मेवारी भिर्वाह गर्दा दैनिक दिनचर्यामा फर्किन सजिलो हुने गर्दछ। यसले डिप्रेशनबाट बाहिर ल्याउन सबैभन्दा सजिलो तरिका हुने गर्दछ।
३) जिम्मेवारी आफूमाथि ल्याउनुहोस्, तर कामलाई आफूमाथि हावी हुन नदिनुहोस्। व्यस्त भइयो भने उदाहीलाई भुल्ने र डिप्रेशनबाट बाहिर आउन सजिलो हुने गर्दछ। त्यस्तै सही भोजन, सही औषधि र व्यायाम नियमित रुपमा गर्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
