यी ३ सुत्रमा ध्यान दिदा मिल्नेछ हरेक काममा सफलता

एजेन्सी । आजभोलि सबै व्यक्ति चाडै नै सफलता प्राप्त गर्ने चाहना राख्छन्। अधिकांश व्यक्तिले आफैसँग यो प्रश्न गर्दछन् की हामीले कसरी सफलता प्राप्त गर्ने ?

विद्यार्थीले सोच्ने गर्दछन् परीक्षामा कसरी सफल हुने, जागिरेले सोच्ने गर्दछन्, टार्गेट कसरी पुरा गर्ने ?

Advertisement

सबै व्यक्तिलाई आ आफ्नो काममा सफलता प्राप्त गर्न मन हुने गर्दछ। यदी तपाई पनि सफता प्राप्त गर्न चाहनुहुन्छ भने अन्तर्राष्ट्रिय मोटिवेशन स्पीकर डा विवेश बिन्द्राका अनुसार यी सुत्र प्रयोग गर्नुहोस्। आफ्नो सपना पुरा गर्न सक्नुहुनेछ।

पहिलो सुत्र : जिम्मेवारीको शक्ति सम्झनु
यो एक यस्तो सुत्र हो, जसमा हरेक सफल मानिस जीवनमा अवश्य मनन गर्नु पर्दछ। जिम्मेवारी एक यस्तो चीज हो, जुन दिएपछि लिने क्षमता आफ्नो हुनु पर्दछ। यदी तपाईलाई दिएको जिम्मेवारीका लागि तपाई तयार हुनुहुन्न भने पाएको जिम्मेवारी तपाईले राम्रोसँग निर्वाह गर्न सक्नुहुन्न र सफलता अवश्य प्राप्त हुने गर्दछ।

दोस्रो सुत्र : आभार व्यक्त गर्नुहोस्
यदी कसैको सहयोग लिनुहुन्छ भने धन्यावाद दिन आवश्यक छ। धन्यावाद दिने अर्थात आभार व्यक्ति गर्ने मानिसले जहिले पनि हल्का महशुस गर्ने गर्दछ। यस्ता व्यक्ति चिन्तित हुँदैनन्। आधार व्यक्ति गर्नुभयो भने दोस्रो व्यक्ति तपाईलाई सहयोग गर्न सधै तत्पर रहन्छन्।

तेस्रो सुत्र : ध्यान राख्नुहोस् जीवन चुनावको परिणाम हो
तपाई आफ्नो जीवनमा कस्तो विचार चुन्नुहुन्छ, कुन व्यवहार चुन्नुहुन्छ, त्यसको सिधा असर तपाईको काममा पर्ने गर्दछ। तपाईको जीवनको चुनाव अरु कसैले गर्न सक्दैनन्, त्यसैले तपाई कहिलै अरुप्रति निर्भर नरहनुहोस्। यदी आफ्नो जीवनमा परिवर्तन ल्याउन चाहनुहुन्छ भने आफू यसका लागि सधै तयार रहनुहोस्।

More News last news
Loading...