टाइट जीन्स युवतीका लागि हानिकारक, हुनसक्छ बाँझोपनाको खतरा

टाइट जीन्स लगाएर हिड्नु त आजकल फेशन नै भएको छ। सहर बजारमा मात्र नभएर हरेक ठाउमा टाइट जिन्स लगाएर युबतीहरु हिडेको देख्न सकिन्छ। आकर्षक देखिन र स्टाइलिश देखिने टाइट जिन्स लगाउनु युवतीहरूमा फेशन ट्रेन्ड चलिरहेको छ। युबतीहरु आफ्नो फिगर राम्रो देखाउन पनि जिन्स लगाउने गर्छन। जिन्स लगाउनु को आफ्नो राम्रो पाटो छ भने यसको नराम्रो पनि छ। फेशनेबल हुने चक्करमा टाइट जीन्स लगाउदा महिलाहरूलाइ स्वास्थ्यमा हानि भैरहेको हुन्छ।

पर्फेक्ट फिगर देखाउने चक्करमा टाइट जिन्स लगाउदा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्त्याउने सम्भावना रहनछ। टाइट जीन्स लगाउदा पेटलाई निकै थिचिंञ्छ जसले गर्दा पछि समस्या आउँछ। टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा बढ्छ। युटेरसमा संक्रमण हुन्छ र उपचार समयमै नगरेमा ट्युबमा स्थायी ब्लकेज हुन्छ र पछि गएर आमा बन्न समस्या हुन्छ। टाइट जीन्स लगाउनाले महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँ सम्बन्धी समस्या समेत निम्तिने डर हुन्छ। टाइट जिन्स कै कारण मेरुदण्डको हाडमा समेत पीडा हुन्छ।

Advertisement

स्वास्थ्य अनुसन्धानकर्ताहरूका अनुसार टाइट जिन्स को कारण हृदयघातको सम्भावना समेत रहनछ। रक्त संचार राम्रो संग हुन् रोक्ने हुनाले यस्तो डर हुने अनुसन्धान कर्ता हरु बताउछन। जीन्स लगाउँनाले छालाको क्यान्सरको जोखिम समेत निकै बढ्ने बताइएको छ। लामो समयसम्म टाइट जीन्स लगाउँदा गोडाका नसामा रगत जम्ने र रक्तसञ्चारको गति समेत घट्ने स्वास्थ्य अनुसन्धानकर्ताहरू बताउछन।

More News last news
Loading...