यस्ता छन् गाजर खानुका आश्चर्यजनक फाइदा

काठमाडौं । सलाद, तरकारी, अचार सबैको लागि उपयुक्त मानिने गाजर स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक छ। गाजर रेसादार तरकारीमा गनिन्छ र यो अति गुणवान हुन्छ । यहाँ गाजर खानुका केही फाइदाहरु बारे चर्चा गरिएको छ।

गाजरले आँखाको रेटिनाको स्वास्थ्यको लागि फाइदा गर्ने हुनाले रतन्धो हुनबाट जोगाउँछ। गाजर रेसादार हुने हुनाले यसले छाला तथा शरीरको चिल्लोपना र चमकपनलाई जोगाइ राक्छ र छालालाई खुम्चिन दिदैन। जसले गर्दा व्यक्ति बूढो देखिदैन।

Advertisement

महिनावारी अनियमित भएको समयमा गाजर र सक्खर मिलाएर खानाले महिनावारी समयमा हुन थाल्दछ। गाजरमा भिटामिन ए हुने हुनाले यसले छाला तथा कपाललाई सुक्खा हुनबाट बचाउँछ। साथै गाजरको सेवनले सूर्यका विकरणले छालामा पर्ने असरबाट पनि बच्न सकिन्छ।

गाजर खानाले पिसाब साथै रगत पनि सफा हुन्छ र रगतको सर्कुलेसन राम्रो हुन्छ।

गाजरको हलुवाले शरीरमा क्याल्सियम दिन्छ।

गाजरको रसलाई पोलेको ठाउँमा लगाउँदा, घाउ सन्चो हुन्छ।

गाजरको रसमा नुन, धनियाँको पात, जिरा, मरिच, कागतीको रस मिलाएर पकाएर खानाले पाचन शक्तिमा भएको गडबडी हट्छ।

उच्च रक्तचाप हुनेहरुको लागि पनि गाजरको सेवनले फाइदा गर्छ।

More News last news
Loading...