यी हुन् किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिने घरेलु उपचार

काठमाडौं । किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी रु

आज डिसीनेपला तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

Advertisement

आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीको सहायताले किडनीमा भएको पत्थरीलाई एक हप्तामै बिदा गर्ने छ । यो घरेलु बिधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।

गहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुं, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव हो यो ।

आवश्यक सरदामहरु:

१. १०० मिलीलिटर कागतीको जुस

२. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल

३. १०० मिलीलिटर बीयर

ओखती तयार पार्ने बिधि:

सबै सरदामलाई एउटा ग्लासको बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।

ओखती सेवन गर्ने बिधि:

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण ९ओखती० सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ।

More News last news
Loading...