काठमाडौं । धेरै काम गर्दा हात काँप्नु स्वाभाविकै हो। तर,शारीरिक परिश्रमबिनै पनि हात बारम्बार काँपिरहनु स्वास्थ्यका दृष्टिले राम्रो संकेत हैन। चिकित्सकका अनुसार, हात काँप्नुका विभिन्न कारण हुनसक्छन्। त्यसमध्ये केही कारण यस्ता छन्ः
१. उच्च रक्तचाप: उच्च रक्तचापका कारण शरीरमा रक्तसञ्चार बढी हुने गर्छ। जसले गर्दा हात काँप्न थाल्छ।
२. चिनीको मात्रा: शरीरमा चिनीको मात्रा कम हुँदा पनि तनावको कारण हात काँप्न सक्छ।
३. भिटामिनको कमी: शरीरमा भिटामिन बी १२ को कमीले कमजोरी भएर हात काँप्ने समस्या निम्तिन सक्छ।
४. एनिमिया: एनिमियाका कारण शरीरमा रगतको कमी हुन पुग्छ। जसले गर्दा शरीर कमजोर भई हात काँप्छ।
५. स्ट्रोक: स्ट्रोकका कारण शरीरमा रक्तसञ्चार राम्रोसित नभएर पनि हात काँपेको हुन सक्छ।
६. तनाव: शरीरमा कार्टिसोल नामक हर्मोन बढेमा तनाव बढेर रक्तसञ्चार राम्ररी हुन पाउँदैन र हात काँप्न थाल्छ।
७. ट्रिमर: मस्तिष्कमा रहेको न्युरो ट्रान्समिटर केमिकल लिक भएपछि पनि हात काँप्न सक्छ।
माथिका विभिन्न कारणमध्ये कुनै एक समस्या हुन सक्ने भएकाले बारम्बार हात काँपिरहेमा चिकित्सकको परामर्श लिनुहोला।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
