हरेक जोडीको एक-अर्कामा प्रेम व्यक्त गर्ने तरिका फरक-फरक हुन्छ। प्रेमी या प्रेमीकासामू आफ्नो प्रेम देखाउने एक माध्यम हो, किस। ती मध्येको किस एक प्रमुख माध्यम हो। किस गर्ने क्रममा गरिने केही गल्तिले भने दुईबीच केही नराम्रो अनुभव समेत ल्याउन सक्छ। किस गर्दा केही यस्ता कुराहरू पनि ध्यान दिनुपर्ने हुन्छ जसका कारण सम्बन्धमा केही संकट नआओस् या दुईबीच मा कुनै मतभेद नहोस्।
कहिलेकाही किस गर्दा आफ्नो पार्टनरको मन दुख्न सक्छ। त्यसैले सकेसम्म किस गर्दा केही यस्ता कुरामा ध्यान दिनु आवश्यक हुन्छ।
– किस गर्ने समयमा आफ्नो पार्टनरलाई पार्टनरको शरिरबाट कुनै दुर्गन्ध आइरहेको कुरा कहिल्यै भन्न हुँदैन। या तिम्रो शरिरबाट यस्तो गन्ध आइरहेको हो भनेर सोध्नु हुँदैन।
– किस गर्ने क्रममा कहिल्यै पनि आफ्नो पार्टनरलाई पूर्व प्रेमी या प्रेमीकाले यसरी नै किस गर्ने गर्थे भनेर सोध्नु पनि मूर्खता हुन सक्छ, यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्न सक्छ।
– किस गर्ने बेलामा कहिलेकाँही डकार आउन सक्छ, यदी यस्तो आशंका भएमा पहिले डकार गरेर मात्र किस गर्नु राम्रो हुन्छ। नत्र यसले किसको रोमान्स नभई खराब अनुभव मात्र दिन्छ।
-आफ्नो पार्टनरलाई किस गर्ने बेलामा आफ्नो मुड नभएको तर तिम्रो खुसीको लागि मात्र गरेको भन्नु हुँदैन। यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्छ।
– यदी कुनै समयमा आफ्नो पार्टनरले किस गर्ने मनसाय राखे उक्त समयमा आफूलाई पार्टनरलाई यस्तो दृष्टीले नहेरेको भनेर टार्नु दुवैका लागि राम्रो हुँदैन । यस्तो गर्नाले आफ्नो पार्टनरलाई राम्रो लाग्दैन र यस्तो गर्नु राम्रो पनि होइन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
