एजेन्सी । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आउँछ।
त्यसैले बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गर्ने गरिन्छ। गणेशजीको कृपाले कुण्डलीको सबै दोष टाढा हुन सक्छन् र घरबाट गरिबी पनि टाढा भाग्छ।
गरिबी टाढा भगाउनको लागी यी उपाय अपनाउनुस
१. गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्नुस ।
२. शिव परिवारको कुनै मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्नुस।
३. बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्नुस।
४. ऊँ श्री गणेशाय नम: मन्त्रको १०८ चोटी दैनिक जप गर्नुस ।
५. गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
