नयाँदिल्ली । तुलसीको पाउडर, अजाइनोको सुप र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खाने हो भने एसिडिटीको समस्याबाट बच्न सकिन्छ।
मिश्रण बिहान र बेलुकी एक-एक कप प्रयोग गर्दा हुन्छ। यसले कब्जियत, ग्यास्ट्रिक र अपचको समस्याबाट पनि बचाउने काम गर्छ।
अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ। एसिडिटी छ भने एलोभेराको जुस औषधि बन्न सक्छ।
पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ। मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।
एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ । पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ।
एक गिलास मनतातो पानीमा थोरै कालो खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडिटीबाट बच्न सकिन्छ। एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
