सुगरबाट छुटकारा पाउन अप्नाउनुहोस् यी घरेलु उपचार विधि

१. कागतीः

मधुमेहका बिरामीलाई अत्याधिक प्यास लाग्ने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती निचोरेर पिउनाले प्यासको अधिकता शान्त हुन्छ ।

Advertisement

२. काँक्रोः

मधुमेहका बिरामीहरुलाई भोकाएको बेलामा थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लाग्छ । यो स्थितीमा काँक्रो खाएर भोक मेटाउँदा यसले फाइदा गर्छ।

३. गाँजर पालुङ्गो

मधुमेहको रोगीहरुले गाँजर र पालुङ्गोको रस मिलाएर पिउनुपर्छ । यसले आँखाको कमजोरी समेत टाढा हुन्छ ।

४. शलगम

मधुमेहको रोगीले लौका, परवल, मेवा आदीको सेवन गर्नुपर्छ गर्नुपर्छ । शलगमको सेवनले रगतमा चिनीको मात्रा कम हुन थाल्छ । त्यसैले सलगमको सब्जी, परौठा, सलाद आदी परिकार बनाएर स्वाद परिवर्तन गर्दै लिन सक्नुहुन्छ।

५. जामुन

मधुमेहको उपचारमा जामुन एक पारम्परिक औषधी हो । जामुनलाई मधुमेहका रोगीको फल भन्दा अतिशयोक्ति हुँदै किनभने यसको दाना, बोक्रा, रस र गुदी सबै मधुमेहको बिरामीको लागि फाइदाकारी हुन्छ । मौसम अनुरुप जामुको सेवन औषधिको रुपमा गर्नुपर्छ ।

६. जामुनको दाना

जामुनको दाना संगालेर एकत्रित गर्नुहोस् । यसको बिजमा जाम्बोलिन नामक तत्व पाइन्छ जसले स्टार्चलाई चिनीमा बदल्नबाट रोक्छ । जामुनको दानाको चूर्ण बनाएर राख्नुहोस् । दिनमा दुई तीन पटक तीन ग्रामको मात्रामा पानीको साथमा सेवन गर्नाले पिसाबमा सुगरको मात्रा कम हुन्छ ।

७. करेला

प्राचिन कालदेखि नै करेलालाई मधुमेको औषधिको रुपमा प्रयोग गरिएको छ । यसको कडा रसले रगतको मात्रा कम गर्छ ।

मधुमेहको रोगीले यसको रस दैनिक पिउनुपर्छ । यसले आश्चर्यजनक लाभ मिल्छ । हालसालै भएको एक नयाँ शोधका अनुसार उमालेको करेलाको पानीले मधुमेहलाई छिट्टै स्थायी रुपमा समाप्त गर्ने क्षमता राख्छ ।

८. मेथी

मधुमेहको उपचारको लागि मेथीदानको प्रयोगको पनि धेरै चर्चा छ । औषधि कम्पनीहरु मेथीको पाउडरलाई बजारसम्म ल्याएका छन् । यसले पुरानो मधुमेह पनि ठिक हुन्छ ।

मेथीदानाको चूर्ण बनाएर राख्नुहोस् । दैनिक बिहानबिहान खाली पेटमा दुई चियाचम्चा चूर्ण पानीको साथमा खानुहोस् । केही दिनमा नै तपाईं यसको अद्भुत क्षमता देखेर चकित हुनुहुन्छ ।

९. गहुँको जमरा

गहुँको विरुवामा रोगनाशक गुण हुन्छ । गहुँको सानासाना अंकुरको रसले घातक  रोगहरुलाई पनि निको बनाउँछ । यसको रस मानिसको रगतसँग चालिसप्रतिशत मेल खान्छ ।

यसलाई हरियो रगतको नामले पनि चिनिन्छ । जमराको ताजा रस निकालेर आधा कप तुरुन्त पिउनुहोस् । दैनिक बिहान बेलुका आधा कपको मात्रामा यसको सेवन गर्नुहोस् ।

१०. अन्य उपचार

नियमित रुपले दुई चम्चा निमको रस, पत्तागोभीको रसको चारचम्चा दैनिक बिहान बेलुका लिनुहोस । त्यस्तै अमलाको रस चार चम्चा, गुडमारको पत्ताको काडा बिहान बेलुका लिन पनि मधुमेह नियन्त्रणको लागि रामवाण उपचार हो ।

More News last news
Loading...