ओछ्यानबाट उठ्नासाथ पानी पिउनाले हुन्छ यतिधेरै फाइदा

बिहान उठ्नासाथ पानी पिउनु मानिसहरुको बानी नै भैसकेको छ। यसलाई धेरैजसोले आफ्नो स्वास्थ्यलाई तन्द्रुस्त बनाई राख्न आफ्नो नियमित रुटिनमा राख्ने गरेको पाइन्छ। बैज्ञानिकहरुले समेत बिहान उठनासाथ पानी पिउनाले स्वास्थका लागि लाभदायक छ भनेर सावित गरिसकेका छन्।

अध्ययन तथा अनुसन्धानले साबित गरिसकेको छ। बिहान उठ्नासाथ पानी पिउनाले शरीरका कतिपय रोगहरु जस्तै शरीर दुख्ने, मुटुजन्य समस्या, छारे रोग, टाउको दुख्ने समस्या, शरीर तथा जोर्नी सुनिने र दुख्ने समस्या, चिनी रोग, कब्जियत, अनावश्यक मोटो पना, टिबी, मेनिनजाईटिस, किडनी संबद्ध रोगहरु, वाकवाकी, पाठेघर संबन्धी रोगहरु, ग्यास्ट्रिक, कान दुखेको समस्या र घांटी संबन्धी समस्याहरु समाधान हुन्छ ।

Advertisement

पानी पिउने तरिका

१) बिहान उठ्ने बितिक्कै ९ओछ्यान छोड्नासाथ० एक ग्लास पानी पिउनुहोस् । सुरुसुरुमा बिहान उठ्नासाथ एक ग्लास पानी खालि पेटमा सेवन गर्न गाह्रो भएको खण्डमा जति सकिन्छ त्यति मात्र पिउनुहोस् । तर बिस्तारै बानी बस्छ ।

२) दाँत ब्रस गरेपछि र ट्वालेट गैसकेपछि, ४५ मिनट सम्म केही पनि नखाइ र नपिइ बस्नुहोस्। ४५ मिनेट पछि, आफ्नो नियमित खाजा खानुहोस् र अर्को एक अण्टा सम्म केही पनि खाने र पिउने नगर्नुहोस्।

यो बिधि नियमित पालन गर्नाले केही विशेष प्रकारका खतरनाक रोगहरुबाट सहजै छुटकारा पाउन सकिन्छ।

अनुसन्धानले के देखाएको छ भने, विभिन्न प्रकारका रोग निदानमा माथी उल्लेखित तरिका अपनाउँदा पानीको मात्रा रोगको प्रक्रिति अनुसार सेवन गर्नुपर्ने हुन्छ। र यसो गर्दा उक्त रोगबाट निश्चित समयमा आपसेआप छुटकारा प्राप्त हुन्छ।

कुन रोगका लागि कति दिन सम्म पानी पिउनेस्

१. क्यान्सर रोगका लागि : १८० दिन सम्म

२. चिनी रोगका लागि : ३० दिन सम्म

३. कब्जियतका लागि : १० दिन

४. ग्यास्ट्रिक रोगका लागि : १० दिन

५. उच्च रक्तचापका लागि : ३० दिन

यो उपचार पद्धती अपनाउँदा सुरुका दिनमा पिसाप धेरै लाग्न सक्ने हुन सक्छ। तर यस बाहेक यसले कुनै पनि साइड इफेक्ट गर्दैन। पानी पिउनु र सक्रिय जिवन यापन गर्नु स्वस्थ जिवन यापनका लागि गोप्या मन्त्र हो।

अर्को रोचक कुरा के छ भने जापानी र चाइनीज नागरीकहरु आफ्नो खाना सँग चिसो पानी पिउनुको सट्टा तातो चिया पिउँछन्। तपाईले खाएको चिल्लो खानालाई चिसो पानीले ठोस बनाइदिन्छ र पाचन प्रक्रियालाई ढिलो बनाई दिन्छ।

जब यो कठोर तेल र पेटमा भएको एसिडबीच प्रतिक्रिया हुन थाल्छ, आन्द्राले यसलाई चाँडो चाँडो ग्रहण गर्न थाल्छ। र यसरी दैनिक रुपमा तेलको मात्रा सेवन गर्नाले शरीमा क्यान्सरले घर बनाउन सक्ने संभावना अत्यधिक मात्रामा बढेर जान्छ। तसर्थ हामी सबैले खाना पछि मनतातो पानी तथा चिया पिउने बानी बसालौं। यसले कुनै प्रकारको साइड इफेक्ट गर्दैन। बरु शरीरलाई फाइदै फाइदा मिल्छ।

More News last news
Loading...