हिउँ जस्तै गोरो, चम्किलो, बेदाग र सफा अनुहार पाउन कसलाई पो मन लाग्दैन र ? सायद प्राय मान्छेको अनुहार सम्बन्धी केहि न केहि समस्या त हुन्छ । यो एउटा आम समस्या पनि हो । अनुहारमा बस्ने कालो दाग धब्बा, चाउरीपन, डार्क सर्कल्स, चायाँ पोतो वा डन्डीफोर लगायतका समस्याहरुबाट मान्छेलाई वाक्क नै बनाउँछ ।
फेसमा यी समस्याहरु आउन नदिन सब भन्दा पहिला त सन्तुलन खाना खाने, समयमा सुत्ने, प्रशस्त पानी पिउने, नियमित फलफुल र बढी मात्रामा सागसब्जी खाने लगायत आफ्नो दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याउनु जरुरी छ ।
त्यसैगरी अनुहार सम्बन्धी विविध समस्याहरुबाट छुटकारा पाउन आफैँले घरमै स्किन केयरका प्रोडक्टहरु बनाएर प्रयोग गर्नु आवश्यक छ किन की घरेलु स्किन केयर प्रोडक्टहरु १०० % प्राकृतिक र प्रभावकारी हुन्छ र यसको कुनै साइड इफेक्ट हुँदैन । जस्तो कि हामीले क्लिन्जीङ मिल्क, स्क्रब, फेस प्याक, फेस मस्क र अन्य प्रोडक्टहरु हाम्रो घरमै उपलब्ध चिजहरुबाट तयार पार्न सकिन्छ । जुन एकदम शुद्ध, सस्तो र प्रभावकारी हुनुका साथै चमत्कारिक रुपमा काम गर्छ ।
आज हामी यस्तो घरेलु विधि बताउन गइरहेका छौँ । जसले जस्तोसुकै कालो अनुहारलाई सधैँको लागि गोरो, बेदाग, निखारता र उज्यालो बनाउन मद्धत गर्दछ ।
यसका लागि हामीलाई चाहिने सामग्रीहरु : कागती, बेसार, सेतो मन्जन (कोल्गेट) र एलोवेरा जेल ।
कागतीमा सिट्रिक एसिड र भिटामिन सी पाइन्छ । कागतीमा यस्तो तत्व हुन्छ, जसले हाम्रो छालाको भित्र जमेर बसेको सम्पूर्ण फोहोर मैलो बाहिर निकाली छालालाई सफा र चमकदार बनाउँछ । बेसारलाई परापूर्वकालदेखि नै अनुहार चम्काउने घरेलु सामग्रीको रुपमा प्रयोग गर्दै आइरहेको छ । यसले कालो छालालाई निखार्न मद्धत गर्दछ । कोल्गेटले अनुहारको दाग वा डन्डीफोर हटाउन मद्धत गर्छ । त्यस्तै एलोवेरा जेलको अद्भुत फाइदा र गुणको बारेमा त हामी सबैलाई थाहा भएकै कुरा हो । यसले डन्डीफोर, कालो दाग वा घामले डढेको छाला हटाउने देखि स्किनको राम्रो मोइस्चराइज गर्छ ।
बनाउने विधि : एउटा सफा कचौरामा आधा काटेको कागतीको रस निचारेर राख्ने। अब यसमा थोरै मात्रामा अर्थात् (सानो चम्चाको एक चौथाई) बेसार पाउडर र दाँत माझ्न प्रयोग गर्ने जत्ति सेतो मन्जन राखेर मिसाउने। त्यसपछि यो मिश्रणमा सानो चम्चाको एक तिहाई बराबर एलोवेरा जेल राखेर यी सम्पूर्ण सामग्रीहरुलाई राम्ररी मिसाउने। यसरी मिश्रण तयार भएपछि…
प्रयोग गर्ने विधि : सफा फेसमा यो मिश्रण लगाएर लगभग ५-१० मिनेट सम्म मसाज गर्ने। यसलाई लगाउँदै मसाज गर्दै गर्नुहोस् । त्यसपछि करिब ३० मिनेट सम्म अनुहारमा सुक्न दिनुहोस्। ३० मिनेटपछी चिसो पानीले फेस धुने।
यो घरेलु विधि प्रयोग गरेको एकै पटकमा तपाइँको अनुहारमा अर्कै निखारता देखिनेछ। यो विधिलाई नियमित रुपमा केहि दिन या हप्ताको लागि प्रयोग गरेपछि जस्तोसुकै कालो स्किन चम्किलो हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
