घामबाट डढेको छाला भएकाहरूलाइ सँधै आफ्नो छालालाइ पुन पहिलेकै अवस्थामा ल्याउने चिन्ता भइरहेको हुन्छ । आज हामी यस्तो समस्याबाट घरेलु उपचार प्रयोग गरि कसरी छुटकारा पाउने र दागरहित सफा त्वचा पाउने भन्ने जानकारी बाढ्नेछौं।
हाम्रो उपचार विधिमा टमाटर र कागतीको प्रयोग हुनेछ। कागतीमा त्वचालाइ सेतो बनाइ ग्लो दिने विशेषता हुने गर्दछ। यसै गरि टमाटरमा छालामा भएको कालो दाग हटाउने प्राकृतिक विशेषता भएको हुन्छ। यसको प्रयोगमा छाला दागरहित तथा सफा हुने गर्दछ। टमाटरको रसले छालामा भएको खटिरा, दाग, चिल्लोपना लगायतको समस्यामा राहत दिन्छ।
उपचारमा आवश्यक सामाग्री
-कागती १ वटा
-टमाटर १ वटा
-जेलाटिन पाउडर २ चम्चा
तरिका
टमाटर लिनुहोस र त्यसलाइ टुक्रा टुक्रा पारेर काट्नुहोस् । अब त्यसलाइ ग्राइन्डरमा पिसेर चिया छान्नेले छानेर रस निकाल्नुहोस । यस रसमा २ चम्चा जेलाटिनको धुलो मिसाउनुहोस । यसलाइ केहि बेरको लागि माइक्रो वेबमा हाल्नुहोस ताकी जेलाटिन पाउडर र टमाटरको रस आपसमा घुलोस ।
अब यो घोलमा केहि थोपा कागतीको रस हालेर राम्रोसँग घोल्नुहोस्। तपाइ आफ्नो इच्छा अनुसार एक चम्चा मह मिसाउन सक्नु हुन्छ । यसरी मह मिसाउदा छालामा पोल्ने समस्या कम हुन सक्छ।
यसरी तयार भएको घोललाइ छालामा राम्रोसँग लगाउनुहोस्।
छालामा लगाएको घोल सुके पछि विस्तारै बसेको तहलाइ माथीपट्टी पारेर उप्काउनुहोस्। यस पछि तपाइको त्वचालाइ मोस्चराइज गर्न आवश्यक हुन्छ । त्यसैले एउटा कटनलाइ दुधमा डुबाएर सबै तर्फ लगाउनुहोस् । यस पछि १० देखि १५ मिनेट त्यसै छाडेर सामान्य पानीले पखाल्नुहोस।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
