मुख, ओठ र जिब्रोमा खटिरा आयो ? यी घरेलु उपाय अप्नाउनुहोस्

काठमाडौं । के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ? यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ। घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ। यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्

Advertisement

– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
-हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
-मह घाउमा लपक्क लगाउने
-बढी चिल्लो नखाने
-हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने
-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
-बदाम भिजाएर खाने
-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
-जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

More News last news
Loading...