चुम्बन गर्दा भूलेर पनि नगर्नुहोस् यी ५ गल्ती

काठमाडौँ । मानिसहरु प्रेम ब्यक्त गर्नका लागि अनेक तरिका अपनाउँछन्। त्यस मध्ये चुम्बन सबैभन्दा लोकप्रिय विधी हो। तर कतिपय अवस्थामा भने सम्झना योग्य बनाउन चाहेको समय हडवडका कारण निरास बन्न सक्छ। यस्तै चुम्बन गर्ने समयमा पनि विशेष ध्यान दिनु पर्छ। किन भने चुम्बन गर्दा ध्यान पुर्‍याइएन भने तपाइँको दिन यादगार बनाउने भन्दा पनि विर्सन लायक हुन सक्छ।

चुम्बन गर्नु अघि यी ५ काम कहिल्यै पनि नगर्नुस्
१ स्वासको दुर्गन्धः यदी तपाइँले कसैलाई मायाँ प्रेम ब्यक्त गर्नका लागि चुम्बन गर्दै हुनुहुन्छ भने स्वासको दुर्गन्धको प्रसंग ननिकाल्नुस् । दुर्गन्ध अनुभव नै भएपनि यस्तो गन्हाएको वा यस्तो उस्तो भनेर टिप्पणी नगर्नुस् । यसले तपाइँको प्रेम एकैछिनमा घृणामा बदलिन सक्छ।

Advertisement

२ चुम्बनको तुलनाः कुनै पनि स्त्रीलाई चुम्बन गर्दै हुनु हुन्छ भने उसलाई पहिले उसको पूर्व प्रेमी वा पतिले कसरी चुम्बन गर्छ वा कस्तो स्टाइल भन्ने जस्ता प्रश्न नसोध्नुस्। यस्ता प्रश्न केटीहरुलाई मन पर्दैन।

३ डकारः चुम्बन गर्ने समयमा डकार्नु सबैभन्दा असभ्य काम हो । तपाइँलाई डकार आइरहेको छ भने यस्तो समयमा चुम्बन नगर्नुस् ।

४ मुड छैनः कुनै पनि स्त्रीलाई चुम्बन गर्दा मलाई मुड त छैन तर तिमीलाई खुसी पार्न चुम्बन गर्छु भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्नु भनको प्रेमिल अवस्थालाई घृणामा बदल्नु जस्तै हो।

५ मैले यस्तो सोंचेको छैनः कुनै पनि विपरित लिङ्गी ब्यक्तिसँग घुमफिर वा नजिक भएपछि चुम्बन गर्न चाहेमा मैले यस्तो सोंचेकै छैन नभन्नुस् । यस्तो भन्नु भनेको अर्काको चित्त दुखाउनु हो।

More News last news
Loading...