हातका यी भाग दबाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

काठमाडौं । धेरैजसो मान्छेलाई जतिखेर पनि कुनै न कुनै समस्या वा पीडाले सताइरहेको हुन्छ । कहिले टाउको दुख्छ, कहिले तनाव हुन्छ। यस्तोमा मान्छेले महंगा औषधि किनेर खान्छन् तर खासै फाइदा भने भइरहेको हुँदैन।

तर शरीरका केही विन्दुमा केही सेकेन्ड थिच्दा स्वास्थ्यका अनेकथरी समस्या समाधान हुन्छ भन्ने तपाईंलाई थाहा छ ? यहाँ हामी हातका केही यस्ता विन्दुहरूका बारेमा बताउँदैछौं जसलाई केहीबेर थिच्दा तपाईं कुनै पनि पीडाबाट मुक्त हुन सक्नुहुन्छ ।

Advertisement

तनाव
तपाईं प्रायः तनावमा हुनुहुन्छ भने औषधिको सहारा नलिनुसे । हातको कान्छी औंलामुनिको नाडीमा हलुका दबाब दिनुस् । केही समय यसरी दबाब दिँदा तनाव हट्छ ।

अपच र चिन्ता
हत्केलाभन्दा लगभग तीन सेन्टीमिटर तलको भागलाई दबाउँदा अपच र चिन्ता जस्ता स्वास्थ्य सम्बन्धी समस्या हट्छन् ।

बाडुली
अचानक बाडुली लाग्यो र रोकिएन भने हत्केलाको बीच भागमा थिच्नुस् । बिस्तारै बाडुली हट्छ ।

गर्दनको पीडा
गर्दनमा तीव्र पीडा भएमा चोरी औंला र माझी औंलाबीचको भागमा दबाउँदा पीडा शमन हुन्छ ।

दाँतको पीडा
दाँतको पीडा हुँदा बूढी औंलाको चारैतर्फ दबाब बनाउनुस् । यसबाट पीडा शान्त हुन्छ ।

पेटको समस्या
ग्यास भरिने र पेट दुख्ने समस्या हुँदा पनि हत्केलाको बीच भागमा दबाउँदा समस्या सुल्झिन्छ।

More News last news
Loading...