जस्तो सुकै फुटेको कुर्कुचा पनि केही दिनमै ठिक पार्न अप्नाउनुहोस् यी घरेलु उपचार विधि

जाडो होस् या गर्मी, प्रायः मान्छेको हरेक मौसममा खुट्टाको कुर्कुच्चा फुट्ने समस्या हुन्छ। खुट्टा राम्रो सँग सफा नगर्नाले या धेरै सुख्खा हुनाले यस्ता समस्या आउँछन्। कसैको जति नै स्याहारसुसार गरे पनि यो समस्याबाट छुटकारा पाउन मुस्किल नै हुन्छ र जस्तो सुकै उपचार विधि अपनाए पनि समस्या जस्ताको तस्तै रहन्छ।

तर हामीलाई थाहा नहुने यस्तो सस्तो, सजिलो, प्राकृतिक, प्रभावकारी र घरेलु उपचार विधि हुन्छन्। जुन हाम्रै घरमा सजिलै उपलब्ध सामग्रीबाट तयार पार्न सकिन्छ। आज हामी जस्तोसुकै फुटेको खुट्टाको कुर्कुच्चालाई पूर्णरुपमा निको पार्ने अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ।

Advertisement

हामीलाई चाहिने सामग्री: सरसोँको तेल र मैनबत्ती

सरसोँको तेल मा भिटामिन इ, एमिनो एसिड र फ्याटी एसिड जस्ता कयौँ तत्वहरु पाइन्छ, जसले हाम्रो शरीरको फुटेको भागहरुलाई निको पार्नुका साथै एकदम कोमल बनाउन मद्धत गर्छ।

बनाउने विधिः सुरुमा एउटा मैनबत्तिलाई लिएर कोरेसोमा कोरेर पाउडर जस्तै बनाउने अथवा पिसेर पाउडर बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा सरसोँको तेल र एक चम्चा मैनबत्तीको पाउडर राखेर यी दुई सामग्रीलाई राम्ररी मिसाउने।

प्रयोग गर्ने विधिः सुरुमा तातो पानीले राम्ररी खुट्टा धोएर पुछ्ने। अब फुटेको भागमा यो मिक्स्चर अथवा औषधी लगाएर रातभर राख्ने। यदि तपाइँ चाहनु हुन्छ भने यो औषधी लगाएपछि मोजा लगाएर सुत्न सक्नुहुनेछ। यसरी ३र४ हप्ता सम्म लगातार यो विधि प्रयोग गर्नाले जस्तोसुकै पुरानो र भयानक फुटेको खुट्टाको कुर्कुच्चा निको हुन्छ।

More News last news
Loading...