महिनावारीमा पेट दुख्छ ? अप्नाउनुहोस् यी घरेलु उपचार विधि

महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो।

तर, महिनावारी हुदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो। उमेर पुगेका पाका वा विवाहित महिलामा भन्दा यस्तो समस्या भर्खरै महिनावारी सुरु भएका युवतीमा, अविवाहितमा धेरै देखिने गर्दछ। चिकित्सकीय भाषामा महिनावारीको समयमा हुने पीडालाई डिस्मेनोरिया भनिन्छ।

Advertisement

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। भोला रिजालका अनुसार यो समस्या विवाहित र अविवाहित दुवै महिलामा देखिन्छ। तर, अविवाहितमा विवाहितको तुलनामा धेरै पाइन्छ। उनका अनुसार महिनावारीमा हुने यस्तो समस्या प्रामरी र सेकेन्डरी गरी दुई किसिमका छन्। प्राइमरी डिस्मेनोरिया प्रायः अविवाहित तथा वयस्क महिलालाई हुने गर्छ। सेकेन्डरी डिस्मेनोरिया भने २० वर्È माथिको उमेर समूहका महिलालाई हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो।

डिस्मेनोरियाले सताएका महिलाहरूलाई लामो समयसम्म दुखाइले सताइरहन्छ। कतिपय अवस्थामा त दुखाइ लगातार ८र१० घण्टासम्म पनि हुन सक्छ। दुखाइ अत्यधिक हुँदा महिलाले पेन किलरको सेवन गर्छन्। निश्चित मात्रामा पेन किलर सेवन गर्नु उचित भए पनि जथाभावी पेन किलर सेवन गर्नु झन् घातक हुने चिकित्सकहरू बताउँछन्। त्यसकारण दुखाइ बढी हुने महिलाले चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा रिजालको सुझाव छ।

स्त्रीरोग विशेषज्ञहरूका अनुसार प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ। बिस्तारै महिलामा दुखाइ बढ्दै गएर खुट्टा र टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिने गर्दछ। केही महिलालाई भने पखालासमेत लाग्न सक्ने चिकित्सक बताउँछन्। चिकित्सकहरूका अनुसार कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको असन्तुलन हुँदा महिलामा यस्तो समस्या देखिने गर्छ। साथै, महिनावारी हुदा पाठेघर खुम्चने र तन्किने हुनाले पनि तल्लो पेट जोडले दुख्ने स्त्रीरोग विशेषज्ञ डा। विमल थापा बताउँछन्।

‘महिनावारीमा यौनांगमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली साघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्छ,’ उनले भने, ‘यो समस्या केहीमा वंशाणुगत कारणले पनि देखिन्छ।’ उनका अनुसार यस्तो समस्या अत्यधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई बढी हुने गर्दछ। विवाहपश्चात् बच्चाको सामान्य जन्म भएपछि निराकरण हुने यस्तो समस्या ठ्याक्कै के कारणले हुन्छ भन्ने स्पष्ट नभए पनि अनियमित प्रकारको पाठेघरको खुम्चाई र पाठेघरमा अक्सिजनको कमीका कारणले हुने बताइन्छ।

चिकित्सकका अनुसार सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई बढी हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो। यस्तो समस्या भएका महिलामा महिनावारी समयमा नहुने र हुँदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनांग दुख्नु, बाँझोपना र अत्यधिक सेतो पानी बग्ने हुन्छ। यस्तो अवस्थामा औषधिको सेवन गर्दा पनि दुखाइ कम नहुन सक्छ। प्रजनन् रोग, अण्डाशय वा अण्डवाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आईयूसीडी तथा कपर–टी को प्रयोग, अनियमित औषधिको प्रयोगका कारण पनि यस्तो समस्या आउ”छ। यस्तो डिस्मेनोरिया आफैँमा रोग नभई अन्य रोगको लक्षण भएकाले समयमा नै रोगको पहिचान गरी पीडाबाट छुटकारा पाउन सकिने चिकित्सकहरू बताउँछन्।

डा थापाका अनुसार डिस्मेनोरियाको दुखाइबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा पेन किलर खानुसँगै घरमै समेत उपचार गर्न सकिन्छ। विशेषगरी महिलाले तल्लो पेटमा हलुका मालिस गर्ने, पेटमा रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर सेक्ने गर्दा धेरै राहत पाउन सकिन्छ। यस्तै ढाड र खुट्टासमेत सेकाउन सकिन्छ। अदुवा पानी तताएर खाने, गेडागुडीको तातो झोलको सेवन गर्दा पनि दुखाइबाट छुटकारा पाउन सकिन्छ। यस्तै आफूलाई केही व्यस्त राख्दासमेत राहत हुनेछ।

More News last news
Loading...