३ वटा सुन्तला भन्दा १ वटा अमला गुणकारी, यस्ता छन् अमलाका अदुभुत फाइदा

अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो । गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खादा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा धेरै फाईदा पुग्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो :

Advertisement

अमला खानुस्, बिभिन्न समस्याबाट जोगिनुस्

कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि
दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
रगत बग्ने

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर ९महिनावारीमा बढी रगत जाने०, अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

शरीरको गर्मीपना हटाउन

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ।

चिलाउने समस्या

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

स्वास गन्हाउने

अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ।

कपालको चाया
हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

भिटामिन सीको कमी पूरा गर्न

अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।

पेट सफा गर्छ

दैनिक एउटा अमला खानेहरुमा पेटको समस्या हुदैन । ग्याष्ट्रिक, अपच, कब्जियत जस्ता पेट सम्बन्धी समस्या नियन्त्रण गर्न अमला प्रभावशाली औषधी हो । अमलाको रस अथवा सुकेको धुलोलाई दुधमा मिलाएर पिउनाले कुनै पनि रोगले आक्रमण गर्न सक्दैन।

मुटुको समस्या

अमला खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

तौल कम शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

पाचन फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

कमजोरी

भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

अनुहारमा चमक

यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

राम्रो कपाल
यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ।

क्यान्सर
अमलायी रोग र समस्यामा अमलाले फाइदा गर्छ

मा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।

More News last news
Loading...