ग्याष्ट्रिक, सुगर र पायल्स लगायतका समस्याबाट छुटकारा पाउन अचुक औषधि भिजाएको मेथि 

एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् । यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्‍याउने गर्दछ ।

मेथी दानाका फाइदा

Advertisement

भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा। अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वरोको समस्यालाई टाढा राख्छ ।

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन्। यसका साथै, यसमा भरपुर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्त्व पाइन्छ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस।

स्वस्थ मृगौला : मेथी दानामा शरीरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ।

ग्याष्ट्रिकको समस्याः मेथी दाना नियमित रूपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ। जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ।

सुगर नियन्त्रणः मेथीदानामा पाइने सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ।

हृदयघातबाट बचाउः मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्‍याउँछ।

बलियो पाचन प्रणालीः भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ। कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ।

स्वस्थ छालाः मेथीदानाले शरीरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ। चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ।

पायल्सः मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ। यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ।

रक्तचाप नियन्त्रण : उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ। यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ।

कोलेस्ट्रोल कम गर्छः कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो।

पिसाबको समस्याः मेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ।

More News last news
Loading...