कसरी थाह पाउने ?
निधार, नाक, हात तथा पैतलामा बुढी औलाले ५ सेकेण्ड सम्म थिच्ने र छाडने। यदि पहेलो पना देखिन्छ भने र तुरुन्तै बिलाउदैन भने त्यो बच्चालाई जण्डिस भएको हुनसक्छ।
सामान्य र कडा जण्डिस कसरी छुट्याउने ?
यदि पहेलोपना हात खुट्टामा छैन तथा बच्चाको उमेर २ देखी १४ दिनको छ भने त्यो सामान्य जण्डिस हुनसक्छ । तर यदि पहेलोपना पुरै शरीर (हात खुट्टामा) भरि फैलिएको तथा बच्चाको उमेर १ दिन वा १४ दिन भन्दा बढी भएको खण्डमा यो कडा जण्डिस हो रहेछ भनेर जान्नुपर्छ।
त्यो पनि थाह भयो अब के गर्ने ?
यदि सामान्य जण्डिस रहेछ भने बच्चालाई विहानको कलिलो घाममा आँखा छोपेर राख्ने। स्तनपान पनि सकेसम्म बढी गराउने। तर यदि जण्डिस कडा रहेछ भने तत्कालै अस्पताल पुरयाउने वा विशेषज्ञ डाक्टरको सल्लाह लिने।
आमाले आफ्नो बच्चालाई मायाको अंगालो (नाङ्गो छातीमा टासेर न्यानो पार्ने तरिका) मा राख्ने। पटक पटक स्तनपान गराउने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
