गर्मी याममा बालबालिकाको विशेष हेरचाह गर्नुपर्छ। अभिभावकले विचार पुर्याउन सकेनन् भने बच्चाहरूको स्वास्थ्य बिग्रिन सक्छ। गर्मी मौसममा बच्चालाई विभिन्न रोगबाट बचाउन यसो गर्नुपर्छः
नवजात शिशुको हेरचाह
–शिशुलाई चर्को घामबाट जोगाउनुपर्छ। बिहान ९ बजेअघि र बेलुका ६ बजेपछि मात्र बच्चालाई घरबाहिर लैजानुपर्छ।
–बाहिर जानैपरे बच्चालाई राम्ररी छोपेर लग्नुपर्छ। सुतीको शीतल हुने र पसिना कम आउने लुगा लगाइदिनुपर्छ।
–शिशुको शरीरमा पानीको कमी हुन नदिन नियमित स्तनपान गराउनुपर्छ।
–गर्मीमा डाइपरका कारण छालामा रातोपन, र्यासेज हुन सक्छ। गर्मी याममा भरसक कपडाको न्याप्किन प्रयोग गर्नु राम्रो हुन्छ।
–डाइपर प्रयोग गर्दा पनि बीचमा केही समयका लागि खुला छोडिदिनुपर्छ। यसो गर्दा र्यासेज हुने जोखिम कम हुन्छ।
–गर्मीबाट बचाउन बच्चालाई सीधा पंखा वा एसीका सामु राख्नु हुँदैन। त्यसको हावाले बच्चालाई चिसो लाग्न सक्छ।
छ महिनामाथिका बच्चाको हेरचाह
–छ महिनादेखि डेढ वर्षको बच्चालाई गर्मी याममा बिहान ११ देखि ४ बजेसम्म घरभित्र राख्नु ठीक हुन्छ।
–घाममा बाहिर निस्कनुपर्दा छाता ओढाउनुपर्छ। ह्याट, टोपी लगाइदिनुपर्छ।
–घामको अल्ट्राभ्वाइलेट किरणको नकारात्मक असरबाट जोगाउन बच्चालाई पनि सन प्रोटेक्सन क्रिम लगाइदिन सकिन्छ।
–गर्मी छल्न कतिपय अभिभावकले बच्चाहरूलाई स्विमिङ पुल लैजाने गर्छन्। त्यहाँ लग्दा पनि बच्चालाई सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ।
–बच्चाको शरीरमा पानीको कमी हुन नदिन फलफूलको जुस, नरिवल पानी र फलफूल खुवाउनुपर्छ।
–बालबालिकाको खानापिनमा विशेष ध्यान पुर्याउनुपर्छ। हलुका, सुपाच्य र ताजा भोजन खुवाउनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
