लामो समयदेखि गर्धन दुख्ने समस्या छ ? छुटकारा पाउन अप्नाउनुहोस् यी उपाय

फिसमा लामो समयसम्म कुर्सीमा बस्नाले काँध तथा पिठ्यु दुख्ने जस्ता समस्या देखा पर्छ। साथै कुनै समय गह्रौं सामान उठाउनाले तथा राती गलत तरिकाले सुत्नाले पनि काँध दुख्ने समस्या उत्पन्न हुने गर्छ। त्यसैले काँध, गर्धन, पिठ्युको दुखाई कम गर्नका लागि मार्जरासन आसनलाइ प्रभावकारी मान्ने गरिन्छ।

मार्जरासन अगाडिको भाग केहि मात्रामा झुकाउने र पछाडिको भाग उठाउने प्रकारको योग आसन हो। आसनलाई कतिपयले मार्जरी आसन र कैट पोज़ पनि भन्ने गरेका छन। यो आसन अन्य विभिन्न दुखाईका लागि समेत अत्यन्तै लाभदायक रहेको छ।

Advertisement

कसरी गर्ने त मार्जरासन
यस आसन गर्नका लागि सबैभन्दा पहिला वज्रासनको मुद्रामा बस्न आवश्यक छ। यसका लागि सर्वप्रथम दुवै हातलाई भुईमा राख्नु पर्दछ। आफ्नो दुवै हातले पुरै शरीरको भार थामी हिप्सलाई केहि माथि उठाउनु पर्दछ। पिठ्यु , गर्दन र टाउकोको भाग समान राख्नु पर्दछ। यस अवस्थामा ढाडलाई की गरि पनि झुकाउनु हुदैन। शरीरको पुरा भार हात र घुँडाले थाम्नु पर्छ। हिप्सलाई केहि झुकाई कम्मरको भाग केहि माथि उठाउनु पर्दछ यस्तो आसन कम्तिमा पनि ३ सेकेन्ड जति गर्ने सकेको खण्डमा विभिन्न शारीरिक दुखाईबाट राहत पाउन सकिन्छ।

यस्ता छन फाइदाहरु
मार्जरासन गर्नाले शारीरिक थकान तथा मानसिक तनाव कम गर्न मदत गर्दछ। यस आसनको माध्याम मार्फत शरीरलाई स्वस्थ राख्न सकिन्छ। मार्जरासनले काँध , कम्मर तथा पिठ्युको दुखाई कम गरि शरीरमा रक्तसंचार समेत राम्रो संग प्रवाह गर्न मदत पुर्याउछ।

More News last news
Loading...