यस्तो फेस मास्क, जसले मुखको दागरधब्बा, खटिरा, चाउरीपन निर्मुल पार्छ

एजेन्सी । अनुहारको दाग , खटिरा हटाई जवान तथा सुन्दर देखिने रहर सबैको हुन्छ। खासगरी महिलाहरु अनुहारलाई राम्रो बनाउनको लागि सौन्दर्य प्रशाधनमा धेरै पैसा खर्च गर्ने गर्दछन्। तर तपाइँले चमत्कारिक् प्राकृतिक घरेलु उपायबाट अनुहारको समस्याहरु जस्तैः छालाको दाग, कोठ्ठि, खटिरा आदि सजिलै हटाउन सक्नुहुन्छ।

यस चमत्कारपूर्ण प्राकृतिक उपायबाट तपाइँको पैसा र समय दुबै बचत हुन्छ। यस विधिमा आवश्यक पर्ने सामाग्रीहरुको प्रयोगबाट स्वास्थ्यमा राम्रो प्रभाव पार्ने कुरालाई शताब्दियौं देखि विश्वास गरिदैं आएको छ। यस प्राकृतिक औषधिलाई बनाउने तरिका निम्नानुसार छ।

Advertisement

आवश्यक सामाग्रीहरु :
१) १ चम्चा मह
२) आधा चम्चा जाइफल
३) १ चम्चा कागतीको रस
४) आधा चम्चा दालचिनीको धुलो

बनाउने विधि :

१) माथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस्। यदि तपाइँको अनुहारको छाला धेरै नै संवेदनशील छ भने , केही मात्रामा थप महलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस्।

२) महमा औषधिय गुण हुने भएकोले यसको प्रयोग प्राचीन समयदेखि नै गरिदैं आएको पाईन्छ। तर छालासम्बन्धि रोग वा रोसासिया (छाला रातो हुने) रोग भएका मानिसहरुले भने महको प्रयोग गर्नुहुदैंन।

३) महको सट्टामा तपाइँले कमेरो (व्हाइट क्ले) को प्रयोग गर्न सक्नुहुन्छ। यसलाई पनि महकै अनुपातमा अलि बढि पानीलाई मिसाएर मिश्रण बनाउनुहोस्। यस मिश्रणको प्रयोगले तपाइँको अनुहारलाई अझ राम्रो बनाउँछ।
४) यस फेस मास्कलाई मुख र आँखा बाहेक अनुहारको सबै भागमा लगाउनुहोस् । यसलाई १० मिनेटसम्म सुक्न दिनुहोस्। त्यसपछि मन्तातो पानीले मुख धुनुहोस् । यसको उपचार पछि मइस्चराइजर क्रिमलाई अनुहारमा लगाउनुहोस्।

तपाइँले यस फेस मास्कलाई लगाउनु हुँदा अनुहारमा चर्चाएको वा पिनले घोचेको जस्तो महशुश हुन सक्छ । तर नआत्तिनुहोस्। यो चाडैं नै निको हुन्छ।

नोट : यो पूर्ण रुपले प्राकृतिक बिधि हो । यसले कुनै साइड इफेक्ट गर्दैन । तर, यसको प्रयोग गर्नु भन्दा पहिले सम्बन्धित बिषय विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनु भएमा धेरै राम्रो हुन्छ । तपाइको अनुहारमा आएका दाग,धब्बा र खतरा यदि कुनै अन्य जटिल रोग या समस्याबाट आएको भएमा यसले काम नगर्न सक्छ ।

More News last news
Loading...