घरमै पाईने विभिन्न सामाग्रीबाट यसरी बनाउनुहोस् अनुहार सुन्दर र आकर्षक

एजेन्सी । छालालाई हेरविचार गर्न निकै नै जरुरी छ। आजभोली धेरै नै केटिहरु छालाका विभिन्न समस्याहरु जस्तै : दाग, पिम्पल, सुख्खा छाला आदिबाट ग्रसित छन्। उनीहरु यसबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्छन्।

तर आफूले सोचे जतिको परिणाम प्राप्त गर्न सक्दैनन्। त्यसैले मेकअप गरि लुकाउने कोशिश गर्छन् । आज हामी तपाईंलाई केही घरेलु उपायको बारेमा जानकारी दिन्छौं। जसको मद्धतले तपाईंले दाग हटाई आफ्नो छालालाई चम्किलो बनाउन सक्नुहुन्छ।

Advertisement

घ्युकुमारी
घ्युकुमारीमा प्रशस्त मात्रामा भिटामिन पाईन्छ। जस्ले छालाको दाग हटाउनमा मद्धत गर्छ। यसको प्रयोग गर्न निकै नै सजिलो छ। र यसले कुनैपनि किसीमको हानी गर्दैन। ताजा घ्युकुमारीलाई स-सानो टुक्रामा काट्नुहोस्। यसको रसलाई छालामा लगाएर १० मिनेटसम्म मालिश गर्नुहोस्। त्यसपछि ३० मिनेटसम्म त्यसै राख्नुभई पखाल्नुहोस्। यसको प्रयोगले तपाईंको छाला पहिला भन्दा निकै नै आर्कषक देखिन्छ।

नरिवलको तेल
नरिवलको तेलमा एन्टि इन्फ्लामेटरी र एन्टि ब्याक्टिेरियल गुण पाईन्छ। सबैभन्दा पहिला आधा चम्चा नरिवलको तेललाई अनुहारमा सीधै लगाउनुहोस्। यसलाई केही घण्टा त्यसै छोड्नुहोस्। त्यसपछि यसलाई पानीले नभई प्राकृतिक क्लिनजर जैतूनको तेल वा दुधले सफा गर्नुहोस्।

मेवा
छालाको दागलाई हटाउनको लागि मेवाको प्रयोग पनि राम्रो उपाय हो। सबैभन्दा पहिला मेवालाई र्खुकाउनु भई पेस्ट बनाउनुहोस्। त्यसपछि यस पेस्टले छालामा राम्ररी मसाज गर्नुहोस्। ३०-४५ मिनेटसम्म त्यसै छोड्नुभई पखाल्नुहोस्। यसले तपाईंको अनुहारको दागलाई हटाई सफा र सुन्दर बनाउँछ। यसका साथै मेवासँग मह र दहिलाई मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ।

आलु
आलुलाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि आलुको टुक्राले अनुहारमा दल्नुहोस्। १५-२० मिनेटसम्म त्यसै छोड्नुहोस्। र मनतातो पानीले मुख धुनुहोस्।

काँक्रो
काँक्रोमा भिटामिन ए, भिटामिन सी र म्याग्नेसियम प्रशस्त मात्रामा पाईन्छ। काँक्रोलाई गोलाकार रुपमा काट्नुहोस्। त्यसपछि प्रभावित क्षेत्रमा लगाउनुहोस्। त्यसपछि ३० मिनेटसम्म त्यसै छोड्नुभई पखाल्नुहोस्।

दहिको फेसप्याक
सुन्तलाको जुसलाई दहिमा मिसाउनुहोस् । त्यसपछि यस मिश्रणलाई १५-२० मिनेटसम्म त्यसै छोड्नुभई मन्तातो पानीले मुख धुनुहोस् । तपाईंको छाला सुख्खा किसीमको छ भने, यसमा महलाई पनि मिसाउन सक्नुहुन्छ। दहिमा ल्याक्टिक एसिड , सोडियम, जिंक र अरु मिन्रल्स पाईन्छ। जस्ले छालामा निकै नै फाईदा पुर्याउँछ।

More News last news
Loading...