यसरी बनाउनुस् घरमै मुखै रसाउने सक्खरको खीर (विधिसहित)

अहिले पर्वको माहोल चलिरहेको छ। तपाईं मीठो खाने सोच बनाइरहनुभएको छ भने सक्खरको खीर बनाएर खानुस् न त। यो स्वादिलो हुनुका साथै बनाउन पनि सजिलो छ।

सामग्री
चामल १०० ग्राम
पानी आवश्यकताअनुसार
घिउ दुई ठूलो चम्चा
काजु १० वटा
किसमिस दुई ठूलो चम्चा
दूध एक लिटर
अलैंची धूलो आधी सानो चम्चा
सक्खर १२० ग्राम
पानी ११० मिलिलिटर
बदाम सजाउनका लागि
विधि
सय ग्राम चामललाई ३० मिनेटका लागि पानीमा भिजाएर राख्नुस्।
एउटा प्यानमा दुई ठूलो चम्चा घिउ तताउनुस्। यसमा १० वटा काजु, दुई ठूलो चम्चा किसमिस हालेर दुई मिनेट खैरो हुन्जेलसम्म भुट्नुस्।
एउटा भाँडोमा एक लिटर दूध र चामल हालेर राम्ररी मिसाउनुस्।
चामल मज्जाले नपाकुन्जेलसम्म उमाल्नुस्।
अब त्यसमा आधी चम्चा अलैंचीको धूलो र भुटेको ड्राई फ्रुट हाल्नुस्।
अब एउटा प्यानमा १२० ग्राम सक्खर र ११० मिलिलिटर पानी हालेर मिसाउनुस्।
यसलाई उमाल्नुस् र सक्खर पग्लन दिनुस्।
त्यसपछि सक्खरको मिश्रणलाई खीरमा हालेर मज्जाले मिसाउनुस्।
अब बदाम हालेर माथिबाट सजाउनुस्।
सक्खरको खीर तयार भयो। चिसो भएपछि पस्किनुस्। एजेन्सी

Advertisement

More News last news
Loading...