बिहान उठेर हामीले के खानु हुँदैन् ?

मानिसहरुलाई यतिबेला धेरै रोगले सताउने गर्दछन र यो रोग उनीहरुकै जीवनशैलीको आधारमा लाग्ने गर्दछ। धेरैजसो रोगहरु उनिहरुले खाने खानुकुराले गर्दा पनि लाग्ने गर्दछ। हामी मध्ये धेरैजसोको बानी बिहान उठ्ने बित्तिकै चिया वा कफी खाने हुन्छ। तर, स्वास्थ्यका दृष्टिकोणले भने बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु राम्रो हुँदैन।

बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ र पछि त्यसले ग्यास्ट्रिक, अल्सरको रुप पनि लिन सक्छ। त्यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्छ। बिहानमा चिया वा कफीको ठाउँमा जुस पिउन पनि सकिन्छ। बिहान खाली पेटमा कसैको नास्ता खाने बानी हुन्छ। खाली पेटमा खाने खानेकुरा जहिले पनि हल्का हुनुपर्छ।

Advertisement

त्यसैले बिहान चियासंग पराठा खाने वा बिहानमा चिल्लोमा पकाएको अथवा तेलमा तारेको खानेकुरा खाने बानी छ भने, त्यो बानी हटाउनुपर्छ। त्यो बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ र पछि, त्यो बढ्दै गएर ठूलो रुप लिन्छ।

More News last news
Loading...