अनुहारको चाउरीपना तथा पोतोबाट छुटकारा पाउन अप्नाउनुहोस् यी उपाय

काठमाडौँ । उमेर पुगेर अनुहारको छाला चाउरी पर्नु चाया पोतो देखिनु सामान्य हो। तर उमेर नपुग्दै यस्तो समस्या देखिनुलाई भने गम्भिर रुपमा लिने गरिएको छ।

उमेर नपुग्दै यस्तो समस्या देखिएको कारण मानिसहरु धेरै चिन्तित हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई चाउरीएको छाला र अनुहारमा आएको अनावश्यक पोतोलाई हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ।

Advertisement

आवश्य सामाग्री
केरा,एलोभेरा जेल,दहि
बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा लिने र त्यसमा मसिनो पारेर एक कोसा केरालाई काटेर राख्ने। त्यसपछि काटेको केरालाई राम्रोसँग फिटेर मसिनो बनाउने र त्यसमा एक चम्चा दही एक चम्चा एलोभेरा जेल राखेर राम्रोसँग फिट्ने।

जेल तयार भइसकेपछि अनुहारमा लगाउनुहोस् र १५, २० मिनेटपछि यसलाई सफा पानीले सफा गर्नुहोस् । यसको प्रयोग नियमित गर्नुभयो भने तपाईको अनुहारको चाउरीपना तथा पोतोको समस्या केही दिनमै कम भएर जान्छ।

More News last news
Loading...