आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ ।
एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ ।
यसका फाइदा निम्न छन् :
१) क्यान्सरबाट बचाउछ
आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।
२) दृष्टिशक्ति बढाउछ
यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
३. फाइबर र भिटामिन सिको भण्डार
आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
४) शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ
यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
५) पाचन प्रक्रिया राम्रो बनाउछ
मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
६) रोगप्रतिरोधी
आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
७) एन्टिअक्सिडेन्टयुक्त
आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
८) प्रजनन क्षमतामा वृद्धि गर्छ
आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
९) खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
१०) यौन क्षमता बढाउछ
आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ।
होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
११) छालामा चमक ल्याउछ
आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
१२) ब्ल्याकहेड (काला रौं) को उपचार :
आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ ।
१३) एन्टि एजिङ फाइदा :
यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।
१४) कपालका लागि पनि लाभदायी :
भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
अरु पनि छन् आँपका फाइदा
– यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ ।
– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ ।
मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ ।
– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ ।
– कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ ।
गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुप्मा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ ।
– लू तथा गर्मीमा काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ।
– आँप खाएपछि तातो दूध पिउनुस्, तर, पानी भने सेवन नगर्नुस्।
– एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ । – यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ।
– यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ।
– २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
