अनुहार चाउरी पर्न थाल्यो ? यी फलफूलले बनाउछन् जवान

उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ। तर कतिपय उमेर पुगीसकेकाहरुको पनि अनुहार कलिलै र चाउरी रहित हुन्छ। उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ।

यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ। सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन्।

Advertisement

सुन्तला

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ। सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ।

स्याउ

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ। स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ। त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ।

मेवा

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छनै । मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ।

खरबुजा

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

अनार

अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स ९आरबीसी० हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ।

प्रायः बुढ्यौली लागेपछि छालामा चाउरी पर्न थाल्छ। तर, कतिपय व्यक्तिको युवावस्थामै पनि चाउरी पर्न थाल्छ । चाउरी परेपछि बाहिरी सौन्दर्यमा ह्रास आउँछ। यसको तनावमा युवा नै बढी हुन्छन्। किनभने युवावस्थामै सौन्दर्य गुमेको स्वीकार्न गाह्रो पर्छ। आखिर के कारणले छाला चाउरी पर्छ ?युवावस्था र बुढ्यौलीमा छाला चाउरिने कारण एउटै हो रु चाउरी नियन्त्रण गर्न के गर्ने रु स्किन प्रोफेसनल पभी गुरुङले सबै जिज्ञासाको जवाफ दिएकी छिन्ः

युवाको छाला चाउरिने कारण

छालाको बाहिरी तहमा हुने डिहाइड्रेड (पानीको भागको कमी)ले युवाको छालामा मसिना धर्काहरू देखिने गर्छ। चिसो हावाले हानेको वेला, चर्को घाममा निस्किएको वेला, अप्राकृतिक तरिकाले छोटो समयमा धेरै तौल घटाउँदा यस्तो समस्या निम्तिने गर्छ। यस्ता धर्का अर्थात् चाउरीका कारण कैयौँ युवा–युवती तनावमा भएको पाइन्छ। तर, यो अवस्थामा तनावभन्दा केही सजगता अपनाए समस्याबाट मुक्ति मिल्छ।

More News last news
Loading...