एजेन्सी । पछिल्लो समय व्यस्त जीवन शैली र असन्तुलित खानपानका कारण मृगौलाको समस्या सामन्य जस्तै बनेको छ। गतल खानपान तथा औषधिको साइड इफेक्टका कारण पनि मृगौला खराब हुने चिकित्सक विज्ञ बताउछन्।
यस्तो समस्याबाट बच्नका लागि हामीले आफ्नो जीवन शैलीलाई अलिकति परिवर्तन गर्न सक्यौ भने पनि यसको समस्याबाट बच्न सकिन्छ। यो रोग सुरुवातमा पत्ता लगाउन निकै गाह्रो हुने गर्दछ। त्यसैले यो रोग लाग्नु भन्दा अघि केही संकेतहरु देखा पर्ने पदृछन्। यस्ता संकेत देखिनासाथ तपाईले हेलचक्राई गर्न हुँदैन्। सुरुवाती अवस्थामै सावधानी अप्नाउनुभयो भने यसको खतरा कम हुने गर्दछ। आज हामी तपाईलाई मृगौला खराबीका सुरुवाती संकेतका बारेमा जानकारी दिदैछौँ।
१) पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु।
२) पिसाबमा रगत वा पिप देखिनु।
३) बारम्बार पिसाब लाग्नु, अझ रातको समयमा बढी पिसाब लागिरहनु।
४. जिउ सुन्निनु जसलाई इडेमा भनिन्छ । मृगौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले सरीर फुलिन्छ।
५. रक्तअल्पता र कमजोरी हुनु। मृगौला खराब भएसँगै रगमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ।
६. छालाको समस्या देखिनु । मृगौलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ।
७. मुखबाट गन्ध आउनु । मृगौलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
