एजेन्सी । कागती हाम्रो स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक हुने गर्दछ। यसको सेवन गर्दा स्वास्थ्यलाई विभिन्न किसिमका लाभ प्राप्त हुने गर्दछ। यसमा भिटामिन सी र सिट्रिक एसिड भरपूर मात्रामा प्राप्त हुने गर्दछ। जुन स्वास्थ्य र सुन्दरताका लागि निकै फाइदाजनक मानिन्छ। तर तपाईलाई थाहा छ ? अत्याधिक मात्रामा कागती सेवन गर्दा यसले शरीरलाई विभिन्न हानी पुर्याउने गर्दछ।
१) कयौँ व्यक्ति वजन घटाउनका लागि हरेक दिन कागती सेवन गर्ने गर्दछन्। तर आवश्यक भन्दा बढी कागती खाँदा यसले तपाईको पेट खराब गर्ने गर्दछ। कागतीमा एसिडिटीको लेवल बनाइराख्ने क्षमता हुने गर्दछ। जसका कारण खाना राम्रोसँग पचन पाउदछ। तर यसलाई आवश्यकता भन्दा बढी सेवन गर्दा पेटलाई नोक्सान पुर्याउने गर्दछ।
२) कागती पानी पिउँदा दाँतमा पनि असर पर्ने गर्दछ। अत्यधिक मात्रामा कागतीको सेवन गर्दा तपाईको दाँतको माथिल्लो भागमा असर पर्ने गर्दछ।
३) मुखमा छाला जाने समस्या छ भने पनि कागतीको सेवन नगर्नुहोस्। कागतीमा एस्कार्बिक एसिड र एसिड भरपुर मात्रामा पाइने हुनाले मुखको छाला जाने समस्या झनै बढ्ने गर्दछ।अत्यधिक मात्रामा कागतीको सेवन गर्दा मुखको श्लेष्मा झिल्ली प्रभावित हुने गर्दछ। जसले छालाको समस्या बढ्ने गर्दछ।
४) यदी तपाईको शरीरमा जलनको समस्या छ भने पनि कागती पानीको सेवन नगर्नुहोस्। कागती पानी धेरै सेवन गर्दा जलको समस्या बढ्ने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
