अत्यधिक पसिनाका कारण शरीर गनाउने समस्या छ ? यी उपाय अप्नाउनुहोस्

एजेन्सी । धेरैजसो मानिसमा बढी पसिना आउने समस्या हुने गर्दछ। यो आम समस्या भएपनि केही व्यक्तिमा भने यो समस्या निकै देखिने गर्दछ। यसैका कारण शरीरबाट निकै नराम्रो गन्ध निस्किने गर्दछ। कहिलेकाही पसिनाको गन्धका कारण मानिसलाई खुलेर हिड्न तथा काम गर्न अप्ठ्यारो हुने गर्दछ। मानिस पसिनाको गन्धबाट छुटकारा पाउनका लागि परफ्यूम र डियोड्रेंटके प्रयोग गर्ने गर्दछन्। आज हामी तपाईलाई केही यस्ता टिप्सका बारेमा जानकारी दिदैछौँ, जसबाट तपाई पसिनाको गन्धबाट छुटकारा पाउन सक्नुहुनेछ।

१) पसिनाको गन्धबाट छुटकारा पाउनका लागि आलुको एक टुक्रा आफ्नो काखीमा राम्रोसँग रगड्नुहोस्। लगातार केही दिनमा यस्तो गर्दा तपाईको पसिनाको गन्ध आउने समस्या हटेर जान्छ, परफ्यूमको सहारा लिनु पर्दैन्।

Advertisement

२) फिटकिरी र पुदिनाको प्रयोगबाट पनि पसिनाको गन्ध हटाउन सकिन्छ। यसका लागि पानीमा फिटकिरी र पुदिनाको पत्ता राख्नुहोस्। त्यसपछि आधा घण्टापछि त्यो पानीले नुहाउनुहोस्। केही दिनसम्म लगातार यसको प्रयोग गर्नुभयो भने पसिनाबाट निस्किने गन्ध हटेर जान्छ।

३) आफ्नो नुहाउने पानीमा इत्र र गुलाव जल मिलाउनुहोस्। इत्र र गुलाव जल मिलाएर निहाउँदा तपाईको शरीरमा ताजकी र चिसो पना बन्ने गर्दछ। जसका कारण शरीरमा पसिनाको गन्ध आउने गर्दैन।

४) बर्फको प्रयोग गर्दा पनि पसिना कम आउने गर्दछ। घरभन्दा बाहिर निस्किनुभन्दा पहिले अन्डर आम्र्समा बर्फ लगाउनुहोस्। यसो गर्दा तपाईको पसिना आउदैन्।

More News last news
Loading...