महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ। केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ।

थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन्। हुन त स्तनमा कुनै पनि प्रकारको गाँठो देखिनु क्यान्सरको मुख्य लक्षण हो तर यस विषयमा यो क्यान्सरको लक्षण नभई कुनै अन्य कारणले हुने गर्दछ।

Advertisement

साइक्लिकल मेस्टाल्जियाः

महिनावारीपूर्व स्तन सुन्निने र दुखाई हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मेस्टाल्जिया भनिन्छ। यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठोजस्तो महसुस हुन्छ र रक्तश्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ।

धेरैजसो महिलाको महिनावारी साधारणतया २८ दिनको अन्तरालमा हुने गर्दछ र एक चक्रको अन्तरालमा नै शरिरमा थुप्रै प्रकारको हर्मोनल परिवर्तन हुने गर्दछ। महिनावारी हुने ठिक एक हप्ता पहिले शरिरमा प्रोजेस्टेरोनको स्तरमा वृद्धि हुने गर्दछ जसका कारण स्तन सुन्निने गर्दछ। त्यसरी नै मासिक धर्मको १४-२८ का बिच शरिरमा एस्ट्रोजनको स्तर वृद्धि हुने गर्दछ जसका कारण स्तनको आकार पनि बढ्न थाल्छ र पीडा महसुस हुन थाल्छ।

पीडाबाट आराम पाउने तरिकाः

पीडाबाट आराम पाउनका लागि सबैभन्दा पहिले आफ्नो ब्रा परिवर्तन गर्नुहोस् । तपाईंले स्पोर्टस् ब्रा लगाउँदा राम्रो। यसले स्तनलाई पूर्ण सहारा प्रदान गर्दछ। यसका साथै, मदिरा, क्याफिनयुक्त खानेकुरा र नुनिलो खानेकुरा निकै कम खानुहोस्। किनभने यसले पीडालाई बढाउने गर्दछ। नुनका कारण शरिरमा फ्लूइड रिटेन्शन बढ्ने गर्दछ जसका कारण पीडा थप बढ्न सक्छ। यसबाट बच्नका लागि आफ्नो खानामा बदाम, पालुङ्गो, केरा, गाजर, ब्राउन राइसलाई अत्यधिक मात्रामा समावेश गर्नुहोस्।

स्तनमा पीडा हुने अन्य कारणः

स्तनमा पीडा हुनु सधैं स्तन क्यान्सरको लक्षण होइन। महिनावारी रोकिँदा वा गर्भवती, महिनावारी हुँदा पनि स्तन दुख्ने गर्दछ । गर्भवती हुँदा यो पीडा निकै बढ्ने गर्दछ।

More News last news
Loading...