एजेन्सी । पति पत्नीको सम्बन्ध बलियो बनाउनका लागि एक अर्कालाई विश्वास गर्न आवश्यक हुन्छ। यदी सम्बन्धमा विश्वासको ठाउँमा शंका उत्पन्न भयो भने सम्बन्ध टुट्न पनि सक्छ। कुनै बेला सामान्य कुरामा पनि पती पत्नीबीच शंका उत्पन्न हुने गर्दछ। आज हामी तपाईलाई पतिले पत्नीमाथि कुन कुरामा शंका गर्छन् भन्ने बारे जानकारी गराउँदैछौँ।
एकआपसमा कम कुरा गर्नु
यदी पति पत्नीको बीचमा कम कुराकानी हुने र दोस्रो व्यक्तिसँग कुरा गर्न नथाक्ने महिनामाथि पुरुषले शंका गर्ने गर्दछन्। यदी कसैको बानी यस्तो छ भने आजैबाट सुधार गर्नु राम्रो मानिन्छ।
हरेक समय मोबाइलमा बिताउने
यदी पत्नीले हरेक समय मोबाईलमा बताउने गर्दछन् भने त्यस्ता महिलामाथि पुरुषले शंका गर्ने गर्दछन्। महिलाले चाहे फोनमा आफन्तैसँग कुरा किन नगरुन, उनीहरुले धेरै समय मोबाईलमा खर्चिन्छन् भने पतीले उनीहरुमाथि शंका गर्ने गर्दछन्।
धेरै मेकअप गर्नु
सबै महिलालाई सुन्दर बन्न मन पर्छ र उनीहरु मेकअप गर्ने गर्दछन्। तर धेरै मेकअप गर्दा कयौँ पटक महिलाको यो बानी पुरुषको शंकाको विषय बन्ने गर्दछ।
दोस्रो पुरुषसँग खुलेर कुरा गर्ने
यदी पत्नीले दोस्रो पुरुषसँग खुलेर वा हाँसेर कुरा गर्ने गर्दछन् भने पतिलाई यो बानी मन पर्दैन्। उनीहरुको मनै मनमा डर पैदा हुने गर्दछ र पत्नीमाथि शंकालु नजरले हेर्न थाल्दछन्।
नसोधेर बाहिर जाने
यदी महिला नसोधेर बिना काम बाहिर जाने, साथीहरुसँग पटक पटक भेट्ने योजना बनाउने गर्दछन् भने पतिको शंकाको नजरमा पर्ने गर्दछन्। त्यसैले पत्नी जहाँ जादा पनि आफूलाई सोधुन भन्ने उनीहरुको चाहना हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
