लामखुट्टे भगाउन केमिकलको प्रयोग गर्न छोड्नुहोस्, अप्नाउनुहोस् यी उपाय

एजेन्सी । प्राकृतिक वातावरणमा विभिन्न प्रकारका जीव जन्तु पाइने गर्दछन्। वातावरणमै पाइने लामखुट्टे पनि यस्तो जीव हो, जो निकै सानो भएर पनि खतरनाक हुने गर्दछ। लामखुट्टेको प्रकोप कुनै आतंकभन्दा कम हुँदैन्। लामखुट्टे गर्मी ठाउँमा धेरै पाइने गर्दछन्। लामखुट्टेको सबैभन्दा बढी प्रकोप वर्षायाममा हुने गर्दछ। लामखुट्टे कयौँ खतरनाक विरामीको कारण पनि बन्ने गर्दछ। डेंगु, मिलेरिया जस्ता विरामी लामखुट्टेकै कारण हुने गर्दछ। लामखुट्टेको प्रकोपबाट बच्नका लागि हामीले केमिकलको प्रयोग गर्ने गर्दछौँ। केमिकलले लामखुट्टे त भाग्छन्, तर यसले हाम्रो शरीरमा विभिन्न किसिमको साइड इफेक्टस पार्ने गर्दछ। त्यसैले हामी हामी तपाईलाई यस्ता घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगले लामखुट्टे पनि भाग्छन् र हाम्रो शरीरमा कुनै किसिमको साइड इफेक्ट पनि पर्दैन्।

कपुरः कपुर प्राय सबैको घरमा सजिलै उपलब्ध हुने गर्दछ। नभएर बजारमा पनि सजिलै पाउन सकिन्छ। यो भगवानलाई आरती गर्दा प्रयोग गरिन्छ। त्यती मात्रै नभएर यसको सुगन्धले दूषित वायुको हटाएर वातावरणमा भएका विषाक्त जीवाणुलाई पनि नष्ट गर्ने काम गर्दछ। यसबाट लामखुट्टे भगाउन चाहनुहुन्छ भने कचौँरामा पानी राखेर त्यसमा कपुर राख्नुहोस् । त्यसपछि यसलाई लामखुट्टे लाग्ने स्थानमा लगेर राख्नुहोस्। यसो गर्दा तपाईको घरमा लामखुट्टे आउने छैनन्।

Advertisement

नीको पातः प्रकृतिमा यस्ता कयौँ प्रजातिका विरुवा पाइने गर्दछन्, जसको प्रयोगले लामखुट्टे भाग्ने गर्दछन्। जसमध्ये नीमको हात पनि एक हो। यसको प्रयोगबाट सजिलै लामखुट्टे भगाउन सकिन्छ। नीमको ताजा पात टिपेर कुनै ज्वलनशील पदार्थ नभएको ठाउँमा लिएर राख्नुहोस्। त्यसपछि त्यसलाई जलाइदिनुहोस्। यसको धुँवाले लामखुट्टे भागने गर्दछन्।

कागती वा ल्वांगः लामखुट्टेलाई अमिलो कुरा मन पर्दैन्। कागतीलाई टुक्रा टुक्रा बनाएर त्यसमा ल्वांग मिलाउनुहोस्। यसो गर्दा यसबाट एक प्रकारको सुगन्ध आउने गर्दछ। जुन लामखुट्टेलाई मन पर्दैन्। यसको गन्धले लामखुट्टे भाग्नेछन्।

ल्वांग र नरिवलको तेलः ल्वांग र नरिवलको तेल मिक्स गरेर शरीरमा लगाउनुहोस्। यसो गर्दा तपाईको शरीरको आसपास लामखुट्टे आउँछैनन्।

कुनै ठाउँमा पानी जम्न नदिनुहोस् : घरको कुनै पनि स्थानमा खाल्डाखुल्डीमा पानी जम्मा भएको छ भने त्यसलाई पुर्नुहोस्। पानीमा लामखुट्टे अधिक लाग्ने भएकाले घर वरिपरी पानी जम्न दिनु हुँदैन्।

More News last news
Loading...