चिया र स्वादिष्ट व्यञ्जन तयार गर्नका लागि अदुवाको प्रयोग निकै उपयोगी मानिन्छ र साथै सौन्दर्यका लागि पनि त्यति नै महत्वपूर्ण भूमिका खेल्छ, यी सबैलाई थाहा भएकै जानकारी हो। तर के तपाईलाई थाहा छ ? अदुवा तपाईको कपालको लागि पनि निकै उपयोगी हुन्छ, यो सहि कुरा हो। यदि तपाई अझै सम्म यी फाइदाको बारेमा अन्योलमा हुनुहुन्छ भने विशेषगरी यो जानकारी तपाईकै लागि हो।
१) अदुवाको प्रयोग कपाल बढाउनको लागि पनि गर्न सकिन्छ। यो निकै लाभदायक हुन्छ। यसमा पाईने म्याग्नेशियम, फस्फोरस र पोटाशियम कपालको विकासमा निकै उपयोगी सावित हुन्छ।
२) कापल बढाउनुको साथै कपाल झर्ने वा टुट्ने समस्यालाई कम गर्न अदुवा निकै फाइदायुक्त हुन्छ। यसको लागि अदुवालाई पहिले पिस्नुहोस् र अब यसमा जैतुनको तेल वा नरिवलको तेल मिलाएर लगाउनुहोस्।
३) यदि कपालमा चायाको समस्या छ भने अदुवाको उपयोग निकै प्रभावकारी हुन्छ। कपालमा चायाको समस्या हुँदा अदुवालाई पिसेर जैतुनको तेल र कागतीको रसको मिश्रण बनाई कपालको जरामा लगाउनुहोस् र केहि घण्टाको लागी छोड्नुहोस्। हप्तामा दुई(तीन पटक यसो गर्दा लाभ मिल्छ।
४) कपालको रूखोपन कम गर्नुको साथै यसलाई पोषण प्रदान गर्न अदुवा निकै उपयोगी हुन्छ। यसलाई कागतीको रसमा मिलाएर कपालमा लगाउनुहोस् र मसाज गरिसकेपछि कपाल धुनुहोस्। यसले कपालको रूखोपन तुरुन्त कम हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
