घर बाहिर निस्किदै हुनुहुन्छ ? भूलेर पनि नगर्नुहोस् यी ५ गल्ती

एजेन्सी । जब हामी कतै घुम्न वा पिकनिकका लागि निस्किने गर्दछौँ, यात्रा गर्दा हामीलाई निकै आनन्द प्राप्त हुने गर्दछ। कतै यात्रामा निस्किन लागेका छौँ भने हामीले छिटो छिटो निकै तयारी गर्ने गर्दछौँ, ता की यात्राका क्रममा कुनै समस्या नआओस्। तर यात्रा निस्किने समयमा हामीले नजानेर यस्ता गल्ती गछौँ जसले यात्रा रमाइलो भन्दा कष्टकर बन्ने गर्दछ। ज्योतिष र वास्तुशास्त्रमा यात्रालाई सफल बनाउनका लागि धेरै कुराको जानकारी दिइएको छ। जसमध्ये केही उपाय तपाईले अप्नाउनुभयो भने यात्रामा कुनै कष्ट भोग्नु पर्दैन्। शास्त्रका अनुसार आज हामी तपाईलाई यात्रामा निस्किदा ध्यान दिनुपर्ने केही कुराका बारेमा जानकारी दिदैछौँ।

यात्राका क्रममा नगर्नुहोस् यी गल्ती
१) यदी तपाई कुनै यात्रामा निस्किदै हुनुहुन्छ भने कुनै गलत शब्दको उच्चारण नगर्नुहोस्। किनकी यसले यात्रामा बाधा उत्पन्न हुने गर्दछ। यात्राका लागि घरबाट निस्किने समयमा आफ्ना प्रिय भगवानलाई अवश्य याद गर्नुहोस् । साथै गायत्री मन्त्रको जप गर्नुहोस्।

Advertisement

२) यदी तपाई यात्राका लागि घरबाट निस्किने क्रममा सबैभन्दा पहिले आफ्नो सिधा खुट्टा घर बाहिर निकाल्नुहोस्। साथै कुनै कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने कुनै गरिबलाई दान गर्नुहोस्, गाईलाई रोटी खुवाउनुहोस्, यसो गर्दा तपाईको यात्रा पनि सफल हुने छ र काममा पनि सफलता मिल्नेछ।

३) यदी तपाई यात्रामा मंगलबार निस्किदै हुनुहुन्छ र तपाईको यात्रा उत्तर दिशामा छ भने घरबाट निस्किदा मिठाई खाएर निस्किनुहो्। बुधबार उत्तर दिशामा यात्रा गर्दा धनिया र तिल खाएर निस्किनुहो्, बिहीबार दक्षिण दिशाको यात्रा गर्दा दही खाएर निस्किनुहोस्, शुक्रबार पश्चिम दिशाको यात्रामा निस्किदा थोरै जौँबाट बनेको परिकार खाएर निस्किनुहोस्, शनिबार पूर्व दिशाको यात्रामा निस्किदा अदुवाको टुक्रा खाएर निस्किनुहो्। यदी तपाईको यी सबै चीजको पालना गर्नुभयो भने तपाईको यात्रा मंगलमय हुनेछ।

४) यदी तपाई यात्रामा निस्किदा आभूषणमा सजिएकी महिला तथा जलले भरिएको भाँडो, दूध पिलाउँदै गरेको गाई देख्नुभयो भने तपाईको यात्रा निकै शुभ मानिने गरिन्छ।

५) यदी तपाईले यात्राका क्रममा बाटो काटिरहेको बिरालो, कौवा अथवा कुनै व्यक्तिको शव देख्नुभयो भने तपाईले आफ्नो यात्रा केही समयका लागि रोखिदिनुहोस्। त्यसपछि केही खाएर मात्र यात्रामा निस्किनुभयो भने शुभ मानिन्छ।

More News last news
Loading...